विद्येयक फिर्ता गरेर पुर्नलेखनको माग

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले लुम्बिनी प्रदेशले संचार माध्यम् सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययेक फिर्ता गरेर पुर्नलेखन गर्न माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई ज्ञापनपत्र पठाउँदै विद्येयक फिर्ता नगरे जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि पठाएको संचार माध्यम् सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययेकप्रति नेपाल पत्रकार महासंघले यसअघि नै गम्भीर ध्यानाकर्षण जनाई सकेको ज्ञापनपत्रमा उल्लेख छ ।

विधयेकको उद्देश्य प्रदेश भरका सञ्चार माध्यमहरूको हकहितको रक्षा गर्ने र नियमन गर्ने हुनुपर्ने थियो तर विधयेकको प्रस्तावनादेखि अधिकांश धारा उपधारामा संचार माध्यम र संचारकर्मीहरूलाई दण्ड जरिवनादेखि जेल सजायसम्मको प्रावधान राखिएको अध्यक्ष रेखीराम रानाले बताए ।

लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि पत्रकार, सञ्चारमाध्यम र संचारकर्मीहरूले विगतमा खेलेको अतुलनीय भूमिका बिर्सिएर संचारमाध्यम् र पत्रकारहरूमाथि नियमन गर्ने भन्दा नियन्त्रण गर्ने सोचबाट आएको उनले बताए ।

यो विद्ययेक आएकोमा महासंघ गम्भीर बनेको बताउँदै सबै संचार सम्बद्ध संघसंस्था, पत्रकारहरू यो विद्ययेक प्रदेश सभाबाट तत्काल फिर्ता गरेर पुनर्लेखन गर्न माग रेको सचिव यज्ञमूर्ति तिमिल्सेनाले बताए ।

यही अवस्थामा संचार माध्यम् सम्बन्धमा व्यवस्था गर्न बनेको विद्ययेक अगाडि बढे हामी थप आन्दोलन कार्यक्रमसहित आउन बाध्य हुने सचिव तिमिल्सेनाले बताए । उनका अनुसार बोधार्थका रुपमा पत्रकार महासंघको केन्द्रीय समिति र प्रदेश समितिलाई पनि पठाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय