फेक पेलाचौरका महिलालाई सचेतना तालिम

पाल्पा । रिब्दीकोट गाउँपालिकाको फेक पेलाचौरका महिलालाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना मुलक तालिम दिइएको छ । मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत वडा नं ८ फेक पेलाचौरमा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तालिम चलाइएको हो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादर जीसीले प्रजनन सम्बन्धी समस्याबाट महिलाहरुलाई सुरक्षित हुनका लागि तालिमले महोत्वपुर्ण भुमिका खेल्ने बताए । विशिष्ट अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनाले रिब्दीकोट गाउँपालिकाले महिलाहरुको प्रजनन स्वास्थ्यलाई मध्ये नजर गरि प्रत्येक बर्ष विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको बताउदै यो बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको बताइन् ।

गाउँपालिकाकी लेखा अधिकृत मन्जु पन्थीले विगतको तुलनामा महिलाहरुलाई प्रजनन सम्बन्धी समस्याहरु देखा परेको परिस्थितीमा केही महिलाहरु खुलेर स्वास्थ्य सम्बन्धी सेवा दिए पनि कतिपय महिलाहरु अझै पनि खुलेर स्वास्थ्य सम्बन्धी सेवा लिन हिचकिचाउने बताइन् ।

कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका फोकल पर्सन शिव जीसीले रिब्दीकोट गाउँपालिकाका आठ वटै वडाहरुमा यो कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रमबाट वडाका कृषकहरुलाई बंगुर वितरण, स्मार्ट टोल, बाख्रा वितरण, भैसी वितरण, प्लास्टिक टनेल वितरण गरिएको उनले बताए ।

महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट सुरक्षित बनाउनका लागि एकदिने सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको प्रशिक्षक सिनियर अनमी कल्पना ढकालले बताइन् । ५ जना सहभागी कार्यक्रममा महिलाहरुलाई साबुन,सेनिटेरी प्याड लगाएतका सामाग्री प्रदान गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय