
पाल्पा । बगनासकाली गाउँपालिकाले वडा न ५ दर्लमडाँडाका अगुवा किसानलाई हाते टेक्टर वितरण गरेको छ । गाउँपालिकाले वडा न ५ दर्लमडाँडाका किसानहरुलाई आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा हाते टेक्टर वितरण गरेको वडाध्यक्ष इश्वर रानाले बताए ।
गाउँपालिकाले दर्लमडाँडाका सात जना किसानलाई हाते टेक्टर वितरण गरेको उनले बताए । हाते टेक्टर वितरण गर्दै वडा न ५ का वडाध्यक्ष रानाले वडाका नागरिकहरूको मागका आधारमा कृषि उपकरण प्रदान गरिएको बताए । परम्परागत कृषि प्रणालीलाई आधुनिकिरण गर्नका लागि किसानको मागको आधारमा हाते टेक्टर वितरण गरिएको अध्यक्ष रानाले बताए ।
यसैबीच, बगनासकाली गाउँपालिकाले दुध विक्री गर्ने किसानलाई ढुवानीमा अनुदान दिने भएको छ । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका किसानले दुध विक्री गर्दा ढुवानीमा अनुदान पाउने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनका अनुसा अब अनुदानका लागि नीतिगत व्यवस्था गरेको छ ।
बगनासकालीको दशौं गाउँसभामा उपाध्यक्ष सरस्वती चिदीले दुध ढुवानी अनुदानको व्यवस्था गरिएको बताइन् । आगामी आर्थिक वर्षदेखि किसानले सहकारी मार्फत दुध विक्री गर्दा सोझै किसानले नै दुध ढुवानी अनुदान प्राप्त गर्नेछन् । किसानले दुधको उचित मूल्य प्राप्त गरुन भन्ने उद्येश्यले दुध ढुवानी अनुदान स्वरुप कृषकहरुलाई प्रोत्साहन गर्न खोजिएको उनले बताइन् ।