रामपुरको ज्याग्दी पार्कमा वृक्षरोपण

पाल्पा । रामपुर नगरपालिका–६ स्थित ज्याग्दी सामुदायिक वन तथा ज्याग्दी बृहत पार्कमा वृक्षरोपण गरिएको छ । पार्क निर्माण तथा वन समूहले वन क्षेत्र तथा पार्कमा वृक्षरोपण गरेको जनाएको छ ।

वृक्षरोपणको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्दै पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । पार्कलाई सधैँ घुम्न मिल्ने ठाँउ बनाउनु पर्ने बताउदैँ वृक्षरोपण र सरसफाईलाई निरन्तरता दिन स्थानीयलाई उनले आग्रह गरे ।

पार्क भित्र संचालन हुने मिनिचिडिया खानामा यस क्षेत्रमा पाईने विभिन्न जीव तथा जनावरहरु राखेर सञ्चालन गर्नु पर्ने उनको सुझाव छ ।

नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले बोल्दै पार्कको स्थापना भन्दा पनि संचालन र संरक्षणमा ध्यान दिनु पर्ने बताए । रेखदेख र संरक्षण गर्ने पहिलो जिम्मेवारी स्थानियबासीको रहेको बताउदै ध्यान दिन उनले आग्रह गरे ।

रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले वनको अहिलेसम्मका गतिविधि प्रस्तुत गरे । सव–डिभिजन वन कार्यालय रामपुरका प्रमुख सरोजराज भण्डारीले वनको संरक्षण, पर्यटन प्रबद्र्धन संगै यसबाट आर्थिक लाभ लिन सकिने बताए ।

ज्याग्दी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ओमप्रकाश बस्यालले पार्कको विकासका लागी सवैको सहयोग जरुरी रहेको बताए । समुहकी सचिव विष्णुमाया ढकालको स्वागत, सल्लहाकार सदस्य कृष्ण प्रसाद अर्यालको धन्यवाद र सहसचिव रामचन्द्र ढुंगानाले संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

पार्क क्षेत्रमा सब डिभिजन वन कार्यालय रामपुरको सहयोगमा धुपी, लप्सी, गोलमोहर, तेजपात लगायत २ सय भन्दा बढी बिरुवा रोपिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय