सन्चाेका सञ्चालक  डा. ढकाल सम्मानित

पाल्पा । सन्चो हेल्थ केयर प्रालिका संचालक डाक्टर झपेन्द्र ढकाल सम्मानित भएका छन् । तानसेन नगरपालिकाले नगरपालिकाको नवौं नगरसभाको समापनका अवसरमा ढकाललाई सम्मान गरेको हो । नगरप्रमुख अशोककुमार शाहीले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उनले कोभिड १९ रोकथामका लागि नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पसमा संचालन गरेको आइसोलेसनमा बिरामी जाँच गर्नुका साथै नगरपालिकालाई सल्लाह सुझाव दिँदै आएका छन् ।

कोभिडका बिरामीलाई जाँच गर्नुका साथै स्वास्थ्यकर्मीलाई समेत उचित सल्लाह, सुझाव र नगरभित्रका कोभिडका बिरामीलाई उनले घरमै पनि परामर्श दिँदै आएका छन् ।

उनले यसअघि पहिलो लहरको कोरोना संक्रमणमा पनि नगरपालिकाले संचालन गरेको आइसोलेशनमा सहयोग गर्दै आएका थिए । डा. ढकाललाई यसअघि बगनासकाली गाउँपालिकाले पनि सम्मान गरेको छ । बगनासकालीको पोखराथोक आइसोलेशनमा रहेका स्वास्थ्यकर्मीलाई परामर्श दिनुका साथै बिरामीको हेरचाह गर्दै आएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय