तानसेन नगरपालिकाको नवाैं नगरसभा सम्पन्न

पाल्पा । तानसेन नगरपालिकाको नवाैं नगरसभा सम्पन्न भएको छ । सभाले गएको असार १० गते नगरप्रमुख अशोककुमार शाहीले नीति तथा कार्यक्रमका कार्यान्यान्वयका लागि पेश गरेको एक अर्ब ४० करोड ३० लाख ४३ हजार ९ सय ७४ रुपैयाको बजेट संशोधन सहित सर्वसम्वत रुपमा पारित गरेको छ ।

यसका साथै सभाले आर्थिक विनियोजन विद्येयक २०७८, कर्मचारी सेवा विद्येयक २०७८,स् थानीय उद्योग दर्ता संचालन व्यवस्थापन नियमन सम्बन्धी विद्य्यक २०७८ पारित गरेको छ । नगरका नागरिकको हित केन्द्रीत विषेश प्रस्तावहरु समेत पास गरेको नगरप्रमुख शाहीले जानकारी दिए ।

विषेश प्रस्तावका रुपमा दर्ता भएको तानसेन खानेपानी उपभोक्ता समिति तानसेन नगरपालिका मातहत ल्याउने प्रस्तावमा छलफल प्रकृयामै रहेकोले नगरकार्यपालिकालाई टुंगो लगाउने जिम्मा लगाइएको छ । सभामा उठेका र सम्वोधन हुन नसकेका विषय केन्द्र र प्रदेश संगको समन्वय र सिफारिमा काम गरिने नगरप्रमुख शाहीले बताए ।

सभाले कोभिड १९ रोकथाम, उपचार तथा व्यवस्थापनमा सहयोग गर्ने संघ संस्था, अग्रभागमा रहि काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारी र पर्यटन विकासमा सहयोग गर्ने संस्थालाई सम्मान समेत गरेको छ ।

सम्मानित हुनेहरुमा पाल्पाली समाज पोखरा, त्रिभूवन बहुमुखी क्याम्पसलाई संस्थागत सम्मान गरिएको छ । स्वास्थ्कर्मी दिलिप कार्की, रमानाथ कंडेल, शिव थापा, वृहष्पति पचभैया, मनिषा घिमिरे, सिर्जना भट्राई, कर्मचारीहरु रविकर श्रेष्ठ, सुमनबहादुर कुमाल, मनोज रुचाल, जीवन वि.क र उद्धबहादुर कामुलाई तानसेन नगरपालिकाले सम्मान गरेको छ ।

सम्मानित भएका त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक भट्टराई र डा. झपेन्द्र ढकाललेसंस्थागत र व्यक्तित रुपमा नगरपालिकालाई सघाउने प्रतिवद्धता व्यक्त गरे ।

पाल्पाली समाज पोखराका अध्यक्ष रेशमराज थापाले पाल्पाको पर्यटन विकासका लागि हामी निरन्तर लागेको बताए । उनले विपद्का वेला समेत सहयोग गर्दे आएको समाजले नगरपालिका संग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

नगरसभाको शुन्य समयमा सीमित नगरसभा सदस्यहरुले आफ्ना भनाई राखेका थिए । वितरण गरिएको विद्येयकको अध्ययन विना विषयकेन्द्रीत भन्दा बाहिरी विषयमा भनाइ राखेका थिए ।

वडागत बजेट कटौती, सार्वजनिक शौचालय निर्माण, कर्मचारीको सेवा सुविधा वृद्धि, प्राविधिकको बीमा गर्नुपर्ने विषय उठान गरेको तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले बताए ।

सम्बन्धित खवर