पाल्पा । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत तिनाउ गाउँपालिकाले खेलकुद सामग्री बितरण गरेको छ । खेलकुदमा युवा सहभागिता बढाउन सहयोग गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।
खेलकुद सामग्री पाएपछि युवा उत्साहित हुनुका साथै स्वच्छ रुपमा अगाडि बढने उनले बताए । वडास्तरमा भएको भलिबल प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय भएकालाई पुरस्कार सहित नेट र भलिवल वितरण गरिएको अध्यक्ष घर्तिले बताए ।
गाउँपालिकाको शिक्षा शाखाद्वारा गठित ६ वटा क्लब र भलिवन प्रतियोगितामा सफल क्लब गरी जम्मा २४ युवा क्लबलाई दुई/दुई भलिवल तथा नेट वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । कार्यक्रमका लागि २ लाख बजेट थियो । तिनाउ गाउँपालिकाले खेलकुद विकास र युवा सहभागिताका लागि माग र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न गतिविधि संचालन गर्दे आएको छ ।