रिब्दीकोट काउलेका महिलालाई प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

पाल्पा । रिब्दीकोट गाउँपालिका–८, काउलेमा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकामा संचालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिलाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
ठिमुरे र फेकको सिमानामा रहेको काउले गाउँ भौगोलिक रुपमा दुर्गममा पर्छ । यहाँका महिलाहरुलाई अझै पनि प्रजनन स्वास्थ्यका विषयमा खासै मतलब छैन । अभिमुखीकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले महिलाहरुको प्रजनन स्वास्थ्यका विषयमा ज्ञानको जरुरी रहेको बताए । महिनावारी, परियोजना योजना, अस्थायी साधन, पाठेघरको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य, पोषिला खानेकुराका विषयमा सिकाउन जरुरी रहेकाले पनि यस्ता खालको अभिमुखीकरण आवश्यक रहेको अध्यक्ष जीसीले बताए ।


स्वास्थ्य चौकी टाढा र यहाँ तालिम खासै आउन नसक्ने भएकाले पनि महिलाहरु चासोपूर्वक यस्ता तालिमलाई लिएको फेकका वडाध्यक्ष नारायण बहादुर लामटाङ्गेले बताए । उनले महिलाहरुको प्रजनन स्वास्थ्यका विषयमा जानकारी दिनै पर्ने देखिएकाले पनि यो दुर्गम बस्तीमा कार्यक्रम राखेको बताए । प्रजनन स्वास्थ्यका विषयमा खुलेरै कुरा गर्न नसक्ने भएकाले पनि महिलाहरुलाई यस विषयमा खुलेरै गफ गर्न सक्ने बनाउने चाहना रहेको उनले बताए । यहाँ जनजाति र दलित महिलाको बसोवास रहेको छ । महिलाहरुका लागि प्रजनन स्वास्थ्यका विषयमा तालिम प्रदान गरेपछि आगामी दिनमा खुलस्त कुरा गर्न सक्ने गराउने योजना रहेको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका रिब्दीकोट गाउँपालिका फोकलपर्सन शिव जीसीले बताए ।


अझै पनि दुर्गमका महिलालाई बुझाउन समस्या हुने गरेको कार्यक्रमकी सहजकर्ता गीता भट्टराई घिमिरेले बताइन् । अभिमुखीकरणबाट ५० जना महिलाले यस विषयमा बढी भन्दा बढी ज्ञान हासिल गर्न सक्ने उनले बताइन् । महिलाहरुका लागि अस्थायी साधन ‘कपर टी कतिवर्ष प्रभावकारी हुन्छ महिनावारी बन्द हुने अवस्था, महिलावारीका विषय, गर्भपतन, महिलाको पाठेघर खस्ने समस्या लगायतका विषयमा सिनियर अनमी कल्पना ढकालले प्रशिक्षण दिइन् । कण्डम, पिल्स, परिवार नियोजन, किशोराअवस्था, सुरक्षित मातृत्व, गर्भपतन, लैंगिक हिंसा, एचआईभी, डिपो, मिनिल्याव लगायतका विषयमा जानकारी दिइएको उनले बताइन् । उनले प्रजनन स्वास्थ्यका विषयमा किशोर अवस्थामा आमा हुँदा हुने बेफाइदा महिलासमेत खुलेर कुरा गर्न नसक्ने अवस्था रहेको बताए । ग्रामीण भेगकै कतिपय युवा युवती, महिला अझै पनि खुलेर कुरा गर्न सक्दैनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय