
पाल्पा । कोभिड-१९ का कारण भौतिक उपस्थितिमा पठनपाठन नहुँदा विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका बेला रिब्दीकोट गाउँपालिकाले अनलाईनबाट पठनपाठन सुरु गर्ने भएकाे छ ।
निषेधाज्ञाकाले विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन बुधबारबाट अनलाइन पठनपाठन गर्न लागिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए । गाउँपालिकाले पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई जुमबाट सिकाईलाइ निरन्तरता दिलाइने उनले बताए ।
विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन शिक्षक महासंघ रिब्दीकोट र गाउँपालिका बीच छलफल भएपछि अनलाईन कक्षा संचालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले बताए । केही दिनअघि शिक्षाका लागि राष्टि्य अभियान जिल्ला समन्वय समितिले राखेकाे जुम बैठकमा गाउँपालिका अध्यक्ष जीसीले शिक्षाा शाखालाइ निर्देशन दिएका थिए ।
गाउँपालिकाले सूचना जारी गरेर समय तालिका पनि सार्वजनिक गरेकाे छ । विद्यालयहरुले रोष्टर शिक्षकहरु छनाेट गरिसकेका छन् । विद्यार्थीहरुलाई जुमबाट पढ्ने तरिका, आइडी तथा पासवर्ड उपलब्ध गराएर सिकाइलाई निरन्तरता दिइनेछ । विषयगत शिक्षकहरु तथा विद्यार्थीहरुलाई १५ गते भित्र जुम आइडीको बारेमा सिकाउनेछ । एक सातामा पहिलाे चरणकाे मूल्यांकन गरेर अन्य कक्षा संचालन हुने शिक्षाा शाखाले जनाएकाे छ ।