
पाल्पा । तानसेनकाे होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाएको गाडीमा अाइतबार दिउँसाे आगलागी हुँदा दुई जना श्रमिक घाइते भएका छन् ।

तस्विर ः मनिष अर्याल, करूवा
लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आइतबार आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।