पाल्पा ,तिनाउँ गाउँपालिका ३ झुम्सामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएका छन् ।
पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ६७ प ५९११ न.को मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक बर्दिया जिल्ला बाँसगढी नगरपालिका ६ का ३६ वर्षिय जग्गु डाँगीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार दुवै जना झुम्सा चौकीभञ्ज्याङ भित्र सडक मर्मतको काम गर्ने कामदार रहेका पाईएको छ । घाइते बर्दिया जिल्ला बाँसगढी नगरपालिका ६ का ३० वर्षिय दिपेन्द्र चौधरी रहेका छन् । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले जानकारी दिए ।