निस्दीकाे बजेट ५६ कराेड ४९ लाख 

पाल्पा । निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको नबौ गाउँसभामा उपाध्यक्ष रिता कुमारी अर्याल खनालले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

निस्दी ले आगामी आर्थिक वर्षको लागि कुल ५६ करोड ४९ लाख ८० हजार ७ सय ९३ रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकास तर्फ कृषि तथा पशु विकासमा ३ करोड १२ लाख, उद्योग तथा वाणिज्यमा १२ लाख , पर्यटनमा १२ लाख , सहकारीमा १० लाख विनियोजन गरेको छ । सामाजिक विकास तर्फ शिक्षामा १ करोड ३५ लाख , स्वास्थमा १ करोड ३३ लाख , खानेपानी तथा सरसफाइ तर्फ ५ करोड ५९ लाख, संस्कृती प्रबर्द्धनमा ५ लाख , खेलकुद तथा मनोरञ्जनमा ३० लाख, लैंगिक समानतामा ८० लाख विनियोजन गरेको छ ।
पुर्वधार विकास तर्फ ६ करोड ५९ लाख, वातावरण तथा विपत व्यवस्थापन तर्फ ३० लाख र संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ २८ लाख बजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा निस्दीमा आगामी वर्ष कृषिमा आधुनिकीकरण गर्दै एक वडा दुई पकेट क्षेत्र विस्तार गरिने कार्यक्रममा उल्लेख छ। निस्दीलाई मासु अण्डा र दुधमा आत्मानिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्ने उल्लेख छ। निस्दी पर्यटन गुरु योजना बनाई धार्मिक तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्दै मगर सांस्कृतिको जगेर्ना गर्दै पुराना झाँकी नाचको संरक्षण र सम्बर्द्धनमा जोड दिने कार्यक्रममा रहेको छ ।
आगामी आर्थिक वर्षमा निस्दीको प्रत्येक वडामा बस संचालनको लागि मोटरबाटोको स्तरोउन्नति तथा विस्तार गर्ने र प्रत्येकको घर–घरमा बिजुली बत्ती बल्ने लक्ष्य लिएको कार्यक्रममा उल्लेख छ । शिक्षामा पहुँच र गुणस्तर शिक्षा प्रदानमा जोड दिदै शैक्षिक सामग्री व्यवस्थापन निर्माणमा जोड दिने छ । साथै कोभिड १९ कोरोना रोकथाम र नियन्त्रणको लागि अस्थायी कोरोना अस्पताल संचालन तथा विशेष जोड दिने कार्यक्रममा उल्लेख छ। साथै ७० वर्ष माथिका जेष्ठ नागरिक र विशेष अपांगता भएका व्यक्तिको घरमा स्वास्थ्यकर्मी गई स्वास्थ्य परिक्षण तथा प्राथमिक उपचार गरिने उल्लेख रहेको छ ।
निस्दीमा आगामी वर्ष १ घर १ धारा र १ वडा १ बाल उद्यान कार्यक्रमको शुरूवात गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। सभामा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक , विनियोजन विधेयक र बन विधेयक– २०७८ पारित गरेको थियो ।
निस्दीमा गाउँसभामा प्रवेश गर्नुअगाडि जनप्रतिनिधि , कर्मचारी र पत्रकारहरुको एन्टिजेन परिक्षण गरि नेगेटिभ रिपोर्ट आउनेहरूलाई मात्र सभाहलमा प्रवेश गराएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय