रम्भाकाे बजेट ४६ कराेड ८७ लाख 

पाल्पा । रम्भा गाउँपालिकाको अागामी वर्षकाे जोड भनेकै गुणस्तरीय शिक्षामा छ । काेभिड १९ प्रभावितका लागि पनि बजेट विनियाेजन गरेकाे छ ।  रम्भा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट ४६ करोड ८७ लाख ८४ हजार बराबरको उपाध्यक्ष राधादेवी श्रेष्ठले प्रस्तुत गरिन् ।

कोभिड नियन्त्रण, रोकथाम नियन्त्रणका साथै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड दिइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्षमा प्रविधिमैत्री गुणस्तरीय शिक्षामा जोड दिएको हो ।
गाउँपालिका भित्रका सबै शिक्षकको हातमा ल्यापटप उपलव्ध गराई प्रविधिको प्रयोगवाट अध्यापन गर्ने वातावरण बनाइने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गतवर्ष संचालन गरिएको विद्यार्थी दुर्घटना बीमामा यस वर्ष शिक्षक,कर्मचारी समेत थपिने गरि योजना बनेको उनले बताए । दिवा खाजा कार्यक्रमले निरन्तरता पाउने छ । विद्यार्थीसंग करेसावारी, किशोरीहरुको लागि आत्मरक्षा तालिम र विद्यालयमा योग स्रोत शिक्षकको व्यवस्थापन कार्यक्रम ल्याइएको छ ।


यसका साथै गाउँपालिकाले कोभिड १९ को संक्रमण रोकथाम ,उपचार तथा व्यवस्थापनमा प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए । उनले गाउँपालिमामा संचालन रहेको ५÷५ वेडको आइसोलेसन अस्पतालको स्तरवृद्धि गरि दश÷दश वेडको अस्पताल बनाउने योजना अघि बढेको उनले बताए ।


अस्पतालमा आवश्यक औषधी तथा उपकरण सामाग्री खरिदका लागि बजेट रहने छ । गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रको विकास र युवा सहभागिता बढाउन पँच वटा भैसी पाल्ने किसानलाई अनुदान,कोभिडका कारण रोजगार गुमाएका युवालाई कृषिमा स्वरोजगार कार्यक्रम रहेको गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । स्मार्ट कृषि कार्यक्रममा साझेदारी, उत्पादनमा आधारित अनुदानका साथै कृषिमा दिदै आएको व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय