रैनादेवी छहराको बजेट ६१ करोड ५१ लाख

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ६१ करोड ५२ लाख १५ हजार गाउँसभाभा प्रस्तुत गरिएको छ । गाउँपालिकाले वार्षिक बजेट सार्वजनिक गर्दै उपाध्यक्ष चेतकुमारी थापाले चालुतर्फ ३७ करोड ९४ लाख ६५ हजार र पुँजीगततर्फ २३ करोड ५७ लाख ५० हजार बजेट सार्वजनिक गरेकी हुन् ।


गाउँपालिकाको आन्तरिक आयतर्फ १ करोड २५ लाख अनुमान गरेको छ । संघीय सरकारबाट समानीकरण अनुदान र राजश्वबाँडफाँडबाट प्राप्त हुने १९ करोड २१ लाख ३९ हजार, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँडबाट १ करोड ४१ लाख ८४ हजरा विनियोजन गरेको उपाध्यक्ष थापाले बताइन् । संघीय सशर्त अनुदानको २९ करोड ९५ लाख, समपुरक अनुदानमा १ करोड ६६ लाख र प्रदेश समपुरकमा १ करोड ५० लाख, संघीय विेशष अनुदानको रकम १ करोड २६ लाख रहेको छ । प्रदेश विशेष अनुदानमा ६० लाख, प्रदेश सशर्त अनुदान ८५ लाख ४४ हजार, अघिल्लो वर्ष बचत अनुमानित बजेट ३ कराृड ८१ लाख ४८ हजार आय आंकलन गरेको उपाध्यक्ष थापाले बताइन् ।


रैनादेवी छहरा गाउँपालिकाले उपभोक्ता समितिबाट हुने योजनामा कम्तीमा १० प्रतिशत जनसहभागिताको नीति लिएको छ । गाउँपालिकाले गाउँपालिका भवनबाट धजाबाँध्ने सडकका कालोपत्रका लागि ५० लाख, जुठापौवाको चहला सडकका लागि १० लाख, आपतकालिन बाढी पहिरो विपद्का लागि १५ लाख बजेट विनियोजन गरेको छ । कोभिड अस्थानीय अस्पतालको क्षमता बिस्तार लगायतका लागि ३८ लाख, स्वास्थ्यबीमाका लागि ७ लाख, गर्भवती हरियो झण्डाका लागि ३ लाख ५० हजार, स्वस्थ बुबाआमा कार्यक्रम अन्तर्गत ३ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार सुन्दरेढुंगादेखि सालझण्डी मोटरबाटो, कटौजेपानी खेलमैदानलाई संघ र प्रदेशसँगको समपूरक योजनाका रुपमा १ करोड ६६ लाख विनियोजन भएको छ । भालुखान कुसनेचौर वडा भवन ढलान मोटरबाटो र सुन्दरेढुंगादेखि जुठापौवा मोटरबाटो कालोपत्रका लागि १ करोड ५० लाख विनियोजन भएको छ । स्थानीय तहलाई जनतासँग लैजान वडास्तरीय योजना छनोट अन्तर्गत ४ करोड १४ लाख बजेट विनियोजन गरेको छ भने प्रतयेक वडामा प्रशासकीय भवन व्यवस्थित गर्न एक वडा एक सभाहलका लागि ५० लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष थापाले सोही अवसरमा आर्थिक ऐन, विनियोजनसमेत सोही सभामा पेश गरिन् ।
कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी तथा वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, युवा खेलकुद तथा मनोरन्जन, लैंगिक तथा सामाजिक समावेशीकरण, सडक, सिँचाई, वन तथा भूःसंरक्षण, वातावरण तथा जलवायु परिवर्तन, विपद् व्यवस्थापन, फोहोरमैला तथा ढल व्यवस्थापन, सेवा प्रवाह, सुशासन प्रवद्र्धनका क्षेत्रमा बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए ।
प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले विनियोजन बजेटको कार्यान्वयनका लागि वडास्तरीय तथा गाउँपालिकास्तरीय अनुगमन समितिबाट योजनाहरुको नियमित अनुगमन तथा प्रतिवेदन र पृष्ठपोषणको व्यवस्था मिलाइने छ । विषयगत समिति, विषयगत शाखाबाटसमेत नियमित अनुगमन तथा मुल्यांकन गरेर बजेट कार्यान्वयनवनमा अनुशासन र नतिजा प्राप्तिको सुनिश्चितता आउने उनले बताए । कार्यक्रमका प्रमख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा बीरबहादुर रानाले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारी मात्र होइन सबैको सहयोग जरुरी रहेको बताए । उनले समयमै लक्ष्य प्राप्तिका लागि सबै क्षेत्रबाट विगतका दिनमा सहयोग पाएकाले अब पनि पाउने अपेक्षा लिएको बताए ।
संघीयताले सार्थकता प्राप्त गर्नका लागि कर्मचारीले आफ्नो कर्तव्य सम्झेर काम गर्न सुझाव दिए । कार्यक्रममा नेपाली कांग्रेसका सचिव झपेन्द्र गहिरेले जनतासँग पुगेर जनताका योजना कार्यान्वयन गर्न जनप्रतिनिधि निर्वाचित भएको र त्यसलाई सहयोग गर्न कर्मचारीतन्त्र रहेको बताए । पाल्पा उद्योग वाणिज्य संघका जिल्ला सदस्य नित्यानन्द पोखरेलले निजी क्षेत्रले सघाएर अघि बढ्न तयार रहेको बताए । नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव कृष्ण दर्नालले संचारकाे क्षेत्रलाइ साथमा लिएर हिड्दा बेफाइदा हाेइन फाइदा नै पुग्ने भएकाले यसतर्फ गाउँपालिकाले ध्यान दिनुपर्नेमा जाेड दिए । उनले पत्रकारहरूकाे क्षमता अभिवृद्दिका साथै विभिन्न फेलाेसीप दिएर गाउँपालिकाले अाफ्ना कामलाइ बाहिर ल्याउन सक्ने बताए ।

सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जनप्रतिनिधि तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीका वडाध्यक्ष थमन बहादुर गाहा, लेखा अधिकृत लीलामणी बस्याल, स्वास्थ्य शाखा प्रमुख अधिकृत छैठौ जीवन राना, स्टोरप्रमुख नायवसुव्बा रवीन्द्र रायमाझी, हेल्थ असिष्टेण्ट राकेश बस्नेत, ल्याब टेक्निसियन शर्मिला राना, कार्यालय सहयोगी अम्बर बहादुर रायमाझी, कार्यालय सहयोगी बिरसिंह बलाललाई नगद, सम्मानपत्रले गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर राना, गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले सम्मान गरे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय