पूर्वखोलाको बजेट ४५ करोड १४ लाख

पाल्पा । पूर्वखोलाको बजेट गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भटराईले ४५ करोड १४ लाख १५ हजार रहेको बताइन् । गाउ“पालिकाले यसवर्ष सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पशुपालन, कोभिड नियन्त्रण र रोकथाममा जोड दिएको अध्यक्ष नुनबहादुर थापाले बताए । गाउँपालिकाले विगतमा स्वास्थ्यको क्षेत्रमा धेरै बजेट खर्च गरेको छ । स्वास्थ्यको क्षेत्रका साथै कृषि, पशुपालनलाई बढी जोड दिइएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

तस्विर ः माेहन ढकाल, पूर्वखाेला

गाउँका महिला, आमा समूहलाई स्वास्थ्य चेतना फैलाउनका लागि बजेट खर्च हुनेछ भने सामुदायिक स्वास्थ्य इकाईका लागि बढी जोड दिइएको उनले बताए । फरक विषय भन्दा पनि पूराना कार्यक्रमलाई थप प्रभावकारी बनाइएको गाउँपालिका अध्यक्ष थापाले बताए । कोभिड १९ लाई बढी ध्यान दिइएको छ ।

जल्पा, बीरकोट र सिलुवामा ल्याब सेवा दिएको र आगामी वर्ष पूर्वखोलामै ल्याब सेवाको तयारी पनि रहेको छ । कालोपत्रको पूर्वाधार बनाउनेतर्फ बजेटले प्राथमिकता दिइनेछ । हिउँदमा काम गर्ने र वर्षायाममा बगाएरलैजाने समस्या समाधान गर्ने योजना रहेको छ । आवश्यक चौडाई भएपछि आवागमन नरोकिने भएकाले पनि यसतर्फ ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय