उपचारमा पत्रकार महासंघको सहयोग

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका शाखा सदस्य सुवास बिसीका बुवा लोक बहादुर बिसी बिकको दुबै मृर्गौला फेल बुटवलमा उपचाररत रहेका छन् । उनको उपचारका लागि आर्थिक अभाव भएपछि पत्रकार महासंघ पाल्पा शाखाले उपचार सहयोगार्थ ३७ हजार रुपैयाँ प्रदान गरेको छ ।

महासंघको संस्थागत सहयोग ७ हजार र अन्य सदस्यहरुबाट संकलित ३० हजार गरि ३७ हजार रुपैयाँ सहयोग गरिएको शाखा अध्यक्ष रेखीराम रानाले बताए । उनको उपचारमा सहयोगार्थ गुल्मी सेवा समाज दोहा कतारबाट महासंघ सचिव यज्ञमूर्ति तिमिल्सिना मार्फत उपलब्ध ४० हजार ७ सय २९ रुपैयाँ पनि प्रदान गरिएको छ ।

उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि समाजलाई अनुरोध गरिएको र समाजका पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार झविन्द्र आचार्यको नेतृत्वमा रकम संकलन गरि उक्त रकम पठाएको सचिव तिमिल्सिनाले बताए । पत्रकार बिसिले बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सहयोगी सबै ब्यक्ति तथा संस्थालाई धन्यवाद दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय