पाल्पा । तिनाउ गाउँपालिकाले किसानहरुलाई फलफूलका विरुवा वितरण गरेको छ । फलफूल खेतीमा किसानलाई आकर्षित गर्न विभिन्न प्रजातिका फलफूलका विरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
वर्षातेको समयमा फलफूल जन्य विरुवा लगाउदाँ जाग्ने भएकोले मौसम अनुसारका विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उनले फलफूल खेति गरेर किसानको आय आर्जनमा वृद्धि गराउने उद्धेश्यले फलफूलका विरुवा वितरण गरेको बताए ।
अध्यक्ष घर्तीका अनुसार आँप, लिचि, अंगुर लगायतका फलफूलका विरुवाहरु वितरण गरिएको हो । गाउँपालिकाले कृषि उत्पादन र पशुपालनसँगै तरकारी र फलफूल खेतीमा समेत जोड दिदै आएको प्रमुख प्रशासकीय अधिकृत सुन्द्रर प्रसाद श्रेष्ठले बताए । कार्यक्रममा प्रवक्ता राजेश श्रेष्ठले असारमा विरुवा रोप्नु राम्रो भएकोले सवै किसानले विरुवा लगेर फाइदा लिन आग्रह गरे ।