बैंकको भीडले कोरोना जोखिम

पाल्पा । जिल्ला प्रशासन कार्यलय पाल्पाले जिल्लालाई असार १२ गतेसम्म लकडाउन घोषणा गरेको छ । सदरमुकाम तानसेन र ग्रामीण भेगमा रहेका बैक तथा वित्तीय संस्थाहरुले बिहानमा सेवा दिने हुँदा गाउँबाट सामाजिक सुरक्षा भत्ता लिन आउनेको भिडभाडले समुदायमा कोरोना फैलने सम्भावना बढेको छ ।

रैनादेवी छहराका गाउँपालिका अगाडी रहेको छहरा बजार क्षेत्रमा रहेका बैक तथा बित्तीय सँस्थाहरुमा भएको भिडभाडले कोरोना भाइरस संक्रमण बढने खतरा देखिएको स्थानीयले बताए ।

बिहान ७ बजे देखि सामाजिक दुरी कायम राखेर सेवा दिन भनिएता पनि बैंक तथा वित्तीय सँस्थाहरुले यस्को पालना गराएको देखिएको छैन । स्थानीय सेवा लिन आउँदा झन् जोखिम बढेको सेवा लिन आएका रैनादेवी छहरा, सिद्धेश्वरका अर्जन ज्ञवालीले बताए ।

रैनादेवी छहरा गाउँपालिका सरकारले बारम्बार अनावश्यक भीडभाड नगर्न आग्रह गरिहँदा पनि बजार लगायतका सार्वजनिक स्थानमा मानिसहरुको घुइँचो देखिनु र नागरिकहरुकै लापरबाहीले कोरोना जोखीम बढ्ने स्थानीयहरुमा चिन्ता बढेको छ ।

गाउँपालिकाले पालिका भित्रका नागरिकहर लाई सामाजिक सुरक्षा भत्ता बितरण बैङ बाट दिन थाले पछि सबैभन्दा बढि भिडभाड बैंक तथा वित्तीय सँस्थाहरुमा देखिन थालेको छ । यस्तो खाले भीड बढ्न थालेपछि झन समस्या आएको छहराका सुमन केसीको दुखेसो छ ।

अहिले दैनिक जसो छहरा, अमलाबास, मेहलढाप सहित ग्रामिण भेगमा रहेका बजारमा सवारी साधन र बजारको भिडभाडले कोभिड नियन्त्रण भन्दा पनि फैलने सम्भावना बढी देखिएको स्थानीयको दुःखेसो छ ।

रैनादेवी छहराको स्थानीय सरकरले नेपाल बैंक लि, ग्लोबल आईएमई बैंक, र सिटिजन्स बैकलाई पत्र काटेर सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गर्न भने पनि बैकहरुले खासै पालना गरेको देखिदैन ।

वडा पालिकामा सम्र्पक नगरेको कारण बैकमा भिड भएको गाउँपालिकाका सूचना अधिकारी तथा प्रवक्ता बिष्णु पोखरेलको भनाई छ । रैनादेवी छहराका आठ वडाहरुबाट बिहानैदेखि वृद्धवृद्धाको बैंकमा भीड लाग्ने गरेको छ । सडकदेखि गल्ली र सिँढीमा समेत मानिसको भीड देखिएको छ ।

व्यवस्थित र स्वास्थ्य मापदण्ड पालना नगरे ग्रामीण भेगमा कोरोना नियन्त्रण भन्दा पनि जोखिम बढ्ने देखिन्छ । यो मात्र होइन गाउँमा रहेका प्रायः सबै बैंकमा यसैगरी भीड लागेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय