रिब्दीकोटमा मुख्यमन्त्री कार्यक्रमबाट लाभान्वित

पाल्पा । रिब्दोकोट गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम गरेको जनाएको छ । पालिका भित्र रहेका कृषक,जेष्ठ नागरिक,फरक क्षमता भएका व्यक्ति, एचआईभी संक्रमित र विद्यार्थीका लागि कार्यक्रमबाट सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

यस वर्ष पालिकामा प्राप्त ६० लाख बजेटबाट तयार गरिएको कार्यक्रम अधिकांस सम्पन्न भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए । उनका अनुसार कोभिडका कारण केहि तालिम बाहेक अरु कार्यक्रम सकिएको जानकारी दिए ।

गाउँपालिकाले कार्यक्रमबाट एक सय ६० जना जेष्ठ नागरिकलाई पौष्टिक आहार वितरण गरेको छ । पालिकाभित्रका ८४ वर्ष पुगेका जेष्ठ नगारिकलाई पौष्टिक आहारका लागि सर्वोतम पिठो,हात धुने सावुन र मास्क वितरण गरिएको हो । यसका साथै कोभिड १९ को महामारीका बेला सहज रुपमा स्वास्थ्य सेवा लिन नपाएका जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण समेत गरिएको अध्यक्ष जि.सीले जानकारी दिए ।

यसका साथै कोभिड १९ बाट प्रभावित युवाहरुलाई तरकारी खेतीका लागि कालिका बहुउद्देश्यीय कृषक उद्यमी समूहमा आवद्ध रहेका २५ जना कृषकलाई २÷२ थान टनेलको प्लाष्टिक वितरण गरिएको छ । रब्दीकोट १ को ख्याहामा १६ जनालाई उन्नत जातको बाख्रा वितरण गरिने कार्यक्रम रहेको फोकल पर्सन शिव जि.सीले जानकारी दिए ।

उनका अनुसार सिरुपाते अदुवा उत्पादक समूह रिब्दीकोट ३ सिरुपातेलाई एक हजार ८ सय केजी र प्रगतिशिल अदुवा उत्पादक समूह रिब्दीकोटा २ धारादीमा एक हजार ८ सय १३ केजि अदुवा किसानलाई वितरण गरिएको छ । अदुवा किसानका लागि अदुवा खेति सम्वन्धी तालिम संचालन गरिएको जिसीले बताए ।

रिब्दीकोट ८ सोमहरमा २० जना बंगुर पाल्ने किसानलाई प्रति व्यक्ति २ वटाका दरले ४० बंगुर वितरण गरिएको छ । पालिका भित्र रहेका एचआईभी संक्रमितहरुका लागि पोष्टिक आहार सहित लोकल कुखुरा ३६ जनालाई वितरण भएको पालिकाले जनाएको छ ।

रिब्दीकोट ४ भैवस्थानमा राधाकृष्ण पाडा पाडी उपभोक्ता समितिमा २६ वटा भैसीको पाडापाडी वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालले बताए । यसका साथै पालिकाले विपद् सामग्री खरिद , कालिका आधारभूत विद्यालयक रिव्दीकोट १ जगिथुममा ६,७ र ८ कक्षाका विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन, शिसु कक्षाको भुईबसाई व्यवस्थापनका साथै वडामा कृषि औजार सहयोग गरिएको अध्यक्ष जि.सीले बताए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले फरक क्षमता भएका र विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको र वडाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण भएको फोकल पसैन जि.सीले जानकारी दिए ।

यसका साथै गाउँपालिकाको प्रविधिमैत्री स्मार्ट टोल बनाउने अभियान अन्तरगत प्रत्यक वडाका सूचना प्रवाह र सेवा प्रभावकारी बनाउन समन्वय र सहजिकरणका लागि सुचना केन्द्र स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

सूचना केन्द्रबाट विभिन्न आबश्यक सूचना , योजना माग संचालन र फरफारक सम्वन्धी जानकारीका साथै कोभिड १९ को जानकारी दिन सकिने छ । सेवाग्राहीको समस्यालाई ध्यानमा राखी केन्द्रमा कम्प्युटर, फोटोकपी ,प्रिन्टर व्यवस्था गरिएको छ । जससको संचालनका लागि प्रत्यक वडाका केन्द्रमा एक एक जना फोकल पर्सन तोकिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर