
पाल्पा । माथागढी गाउँपालिकाले आगामी वर्षको लागि ५५ करोड ८५ लाख ८८ हजार अनुमानित बजेट सार्वजनिक गरेकाे छ । नवौं गाउँसभाले सडक पूर्वाधार विकास, शिक्षा, कृषि तथा पशुपालन, खानेपानी, विद्युत र स्वास्थ्यलाई प्राथमिकतामा राखेकाे छ ।
गाउँपालिकाले पूँजीगततर्फ २४ करोड १८ लाख ५४ हजार र चालुतर्फ ३१ करोड ६७ लाख ३४ हजार विनियोजन गरेकाे गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराइले बताइन् । संघीय सरकारबाट समानिकरण अनुदान १० करोड ७९ लाख, सशर्त अनुदानतर्फ २५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ८ लाख, बिशेष अनुदान तर्फ १ करोड १६ लाख बजेट आगामी आवका लागि पाउने छ।
प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार, ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार, समपुरक अनुदान तर्फ १ करोड ५० लाख पाउने अपेक्षा लिएकाे छ । सँघीय राजस्व बाँडफाँडबाट ८ करोड २० हजार २३ हजार ,प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्त्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन गरिएकाे छ ।
गाउँसभाकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले याेजना बनाउनुभन्दा कार्यान्वयन पक्ष बलियाे हुनुपर्नेमा जाेड दिए । गाउँपालिकाकाे नीति कार्यक्रमले हरेक परिवार, हरेक नागरिकको अनुहारमा उज्यालो ल्याउनुपर्ने बताए । माथागढी गाउँपालिकामा सडक पूर्वाधारकाे कमी रहेकाेले आगामी वर्ष सडक निर्माणलाइ प्राथमिकतामा राखेर, कृषि, तथा पशुपालनसँगै पूर्वाधार निर्माणमा जाेड दिएकाे अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने, सिंचाई, कोरोना रोकथाम, कोरोनाको खोप खरिद तथा प्रशासकीय भवनको निमार्ण गर्ने कार्यक्रम रहेकाे बताए । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार, स्तराेन्न्नती तथा कालोपत्रे गर्ने, पुलहरुको निमार्ण गर्ने, गाउँपालिकाको प्रशासकीय भवनको निमार्ण गर्न, कृषि, तथा पशुपालनलाई आधुनिकिकरण गर्ने नीति लिएको छ । यस्तै खानेपानी समस्या समाधानका लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने छ ।
सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने, कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने छ । गाउँसभामा नेकपा एमाले नेता राजेश पन्थी, कांँग्रेसका बालकृष्ण जिसी, राप्रपाका राजेन्द्र जिसी, मंगोल नेशनल अर्गनाइजेसनका पुर्ण बहादुर रुचाल, प्रधानाध्याक दुर्गा काफ्ले र प्रेम खराल , प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडाध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी,राजनैतिक दलका नेताहरुले माथागढीकाे समग्र विकासमा नीति तथा कार्यक्रम र बजेटले छुनुपर्नेमा जाेड दिए ।