
पाल्पा । वन अतिक्रमण नियन्त्रणका लागि तिनाउ गाउँपालिका वडा न २, दाेभान झ्याङ्लास्थित दोभान खोला किनारमा घना बाँस राेपण बुधबारबाट सुरू भएकाे छ । डिभिजन वन कार्यालयकाे अायाेजना र तिनाउ सबडिभिजन वन कार्यालयकाे व्यवस्थापनमा बँदेलपाेखरी सामुदायिक वन उपभाेक्ता समूहकाे समन्वयमा बाँसजन्य बिरूवा राेप्न सुरू भएकाे हाे ।
बाँसजन्य बिरूवा राेपणकाे सुरूवात गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्ति बसन्त, उद्याेग, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसीले यसले वन अतिक्रमणा नियन्त्रणमा ठूलाे सहयाेग पुग्ने बताए । उनीहरूले विगतमा बाढीले बगनर बनाएका स्थानलाइ छनाेट गरेर विरूवा राेपण गर्दा धेरै तरिकाले फाइदा पुग्ने बताए।
यहाँ ६ सय घना बाँस रोपिएकाे छ । बाँस रोपण कार्यक्रममा लुम्बनी प्रदेश सभा सदस्य घर्तीले बाँसले वातावरण संरक्षणसँगै आयआर्जनमा समेत सहयोग पुग्ने बताए । उनले हरेक हिसाबले बाँस फाइदाजनक भएकाले यसको संरक्षण आवश्यक रहेको बताए । यस्तै प्रदेश सचिव केसीले मन्त्रालयले वन जंगल वातावरण संरक्षणमा बाँसले धेरै फाइदा पुग्ने बताउँदै यसबाट किसानले अाम्दानी वृद्दि गर्न सक्ने बताए ।
कार्यक्रममा डिभिजन वन प्रमुख मोहन पौडेलले यस क्षेत्रका डेढ किलाेमिटरमा बाँस राेपिने छ । यसलाइ राेपिसकेपछि हल्लाउन नहुने बताउँदै उपभाेक्ताकाे सक्रिय सहभागिताले नै काम सफल हुने बताए । डिभिजन नवन कार्यालयका रेञ्जर यमलाल पाेखरेल, तिनाउ सामुदायिक वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्य, बँदेलपाेखरी सामुदायिक वन उपभाेक्ता समूहका अध्यक्ष इमानसिंह थापा, सामाजिक अभियान्ता रूद्र जीसी, स्थानीय उपभाेक्ता समितिका सदस्यहरुले बाँसलाइ हुर्काएर जैविक तटबन्धका रूपमा काम गर्ने भएकाले बाँस बहुउपयाेगी रहेकाे बताए । दोभान खोलामा जैबिक तटबन्ध, हरित सौन्दर्य एवम आयआर्जनको दृष्टिबाट यो कार्यक्रमलाइ अत्यन्त महत्वका साथ हेरिएको छ ।