जडीबुटी प्रवद्र्धनमा समृद्धि हरियाली नर्सरी

पाल्पा । जडीवुटी प्रवद्र्धनमा समृद्ध हरियाली नर्सरी सहयोगी बनेको छ । समृद्धिका लागि हरियाली प्रा.लि तानसेन, मोहरपानीले आफ्नो नर्सरीमा विभिन्न प्रजातिका जडिवुटी, फलफूल र वनजन्य विरुवा तयारी गरेको छ ।

क्रियाशील युवाको सक्रियतामा संचालन भएको नर्सरी महिलाको नेतृत्वमा संचालित छ । ७० लाखको लागतमा नर्सरी तयारी गरेको संचालकको दाबी छ । खनजोत नभएका जग्गाको उपयोगका लागि विरुवा उत्पादन गरी बिक्री गर्दा जमिन उपयोग हुनुका साथै आयआर्जन वृद्धि हुने भएकोले काम बिरुवा उत्पादन सुरु गरेको प्रालिकी अध्यक्ष डबकला राउतले बताइन् ।

उत्पादन भएका विरुवा सरकारले तोकेको मुल्यमा बिक्री गरिएको छ । नर्सरीमा बोधिचित्त, रुद्राक्ष, लालँगुराँस, टिमुर, कागती, सुन्तला, तेजपात, लप्सी, चिउरी, कल्कीफुल लगायका बिरुवा तयार भएको प्रालिका सचिव प्रेम कार्कीले बताए ।

वर्षात् सुरु भएकाले बिरुवा रोप्नका लागि उपयुत्र्तm समय भएकाले विरुवा खपत भइरहेको उनले बताए । वृक्षरोपण गर्दा खाली जग्गा सदुपयोग हुनुका साथै निश्चित सहयमपछि आम्दानी लिन पाइने भएकोले पनि पछिल्लो समय नर्सरीमा विरुवा किन्न आउनेको संख्या बढेको प्रालिका सल्लाहकार विष्णुबहादुर कार्कीले बताए ।

२० रोपनी जग्गा १० वर्र्षका लागि भाडामा लिएर संचालित नर्सरीमा आवासीय सुविधासहित दुई जनाले रोजगार पाएका छन् । सिजनमा सरदर २० जनाले दैनिक ज्यालादारीको काम पाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय