
पाल्पा । रिब्दोकोट गाउँपालिकामा १ सय ६० जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त सामग्री वितरण गरिएको छ । ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई विभिन्न सेवा सुविधा प्रदान गरिएको हो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले रिब्दीकोट गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुबाट जेष्ठ नागरिक ८४ वर्ष माथिका आमा बुवाहरुको स्वास्थ्य परीक्षण गरी पोषणयुक्त आहार, हात धुने साबुन, मास्क लगाएत औषधी वितरण गरिएको पालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।

घरबाट स्वास्थ परिक्षण गर्न जान नसकेका भिटामिन युक्त खाने कुराको अभाव भएका र सामान्य औषधि पनि अभाव भैइरहेको छ । यस्तो बेला यस कार्यक्रम आयोजना गरिएको पालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालले स्वास्थ क्षेत्र सुधार गर्नका लागि विनियोजन गरिएको सबै रकम यसै शीर्षकमा खर्च गरिएको बताए । आगामी दिनमा पनि स्वास्थ जस्तो क्षेत्रमा पालिकाको कुनै पनि स्थानमा कमी नहुने उनले बताए ।
गाउँपालिकाका स्वास्थशाखा प्रमुख सुनिल अधिकारीले गाउँपालिकामा स्वास्थ क्षेत्रमा परिवर्तनका लागि दिनरात नभनिकन खटिएको बताए । उनले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग दैनिक टेलिफोन सम्पर्कमा रहेर कोभिड पुष्टि भएकाहरुको रेखदेख भइरहेको बताए ।
कार्यक्षेत्रका स्वास्थ्य चौकीहरुमा अनुगमन गरी निर्देशन दिएको र स्वास्थ्यका कर्मचारीसंँग अन्तरक्रिया गरेर समस्याको समाधान खोज्ने गरेको बताए ।








