अघिल्ला वर्षका योजनालाई रामपुरको निरन्तरता

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य, शिक्षा, कृषिका साथै पूर्वाधार विकासमा जोड दिने भएको छ । सोमबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

कृषिमा व्याज अनुदान दिइने अघिल्लो वर्ष १२ लाखसम्मको दिइने गरेकामा यसवर्ष २० लाखसम्म दिइने नगरप्रमुख प्रमुख रमणबहादुर थापाले बताए । एक वडा एक उत्पादनलाई नै जोड दिइने बताउँदै तरकारीजन्य र मासुजन्य उत्पादनलाई आत्मनिर्भर बनाउने बताउँदै थापाले उत्पादनमा आधारित अनुदानलाई पनि निरन्तरता दिइने छ ।

शीत भण्डार संचालन भइसकेको छ । उत्पादनमा आधारित मासुजन्य र तरकारीजन्यमा बढी जोड दिने उनले बताए । मापदण्ड अनुसार नै उत्पादन हुनुपर्नेहुन्छ । सहकारीमार्फत् बिक्री गरेकाले पाउनेछन् । स्वास्थ्य क्षेत्रका लागि प्रत्येक स्वास्थ्य चौकीलाई चलायमान बनाउने बताउँदै उनले दीर्घरोगी, अपांगता भएका, विपन्नलाई प्राथमिकता दिएर अघि बढ्ने योजना रहेको छ ।

स्वास्थ्य क्षेत्रको संरचनालाई थप गर्ने योजना उनले बताए । संरचना बनिसकेकामा स्तरोन्नति गर्ने र संरचना नभएकाको हकमा पनि भौतिक पूर्वाधार निर्माणमा जोड दिइने उनले बताए । स्वास्थ्य बीमा, निःशुल्क औषधि दिने भन्ने छ ।

शिक्षाको क्षेत्रमा बालविकास केन्द्रका तलब बढाउने कुरामा ध्यान दिइने छ । त्यसका लागि ९३ लाख जाने भएको उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् ।

स्नातक र स्नातकोत्तर पढ्ने दलित र विपन्न छात्राका लागि निःशुल्क अध्ययनका लागि सहयोग गर्ने उनले बताइन् । दलित छात्रा विद्यार्थीको यसवर्ष सुरुवात गर्न लागेको थियो । अघिल्लो वर्ष १० लाख खर्च भएको थियो । प्राविधिक शिक्षा पढ्नेलाई पनि जोड दिइएको छ । १५ वटा स्वास्थ्य केन्द्रमा कन्सन्टेटर राख्ने योजना पनि बनेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।

वडामा १ करोडको योजना माग भएको छ । १० वटा योजना छ । नगरस्तरीय र वडास्तरीय योजना आउनेछ । अघिल्लो वर्ष रामपुर नगरपालिकाको ७० करोड ८५ लाख थियो । यसवर्ष ७५ करोडको हाराहारीमा बजेट आउने छ ।

आगमी वर्ष निर्वाचनको वर्ष छ । तर पनि अघिल्ला वर्षका योजनालाई निरन्तरता दिइने रामपुर नगरपालिकाले जनाएको छ । पर्यटन विकास, नगरस्तरीय योजनालाई अघि बढाइएको प्रवक्ता हुमनाथ न्यौपानेले बताए ।

गौरवका योजना अन्तर्गत प्रत्येक वडामा भ्यूटावर, धार्मिक तथा पर्यटकीय क्षेत्रमा काम अघि बढेको छ । संघीय सरकारको सडक स्तरोन्नतिको काम बाहेक ठूला योजना छैन । प्रदेशका पनि खासै ठूला आयोजना छैनन् ।

सम्बन्धित खवर