
असार पहिलो साता मनसुन भित्रिएर मुलुकभर पानी प¥यो । तीन दिनको झरीले मुलुकभरका पहाडी र हिमाली जिल्लामा विपद् निम्तियो । पाल्पामा पनि मनसुन भित्रिएको असर परेको छ । बाढीले पहिरो खस्ने, सडक अवरुद्ध, घर पहिरोले बगाउने जस्ता घटना भए । पाल्पाको भैरवस्थानमा एक जनाको पहिरोमा परेर घर पुरिंदा मृत्यु भयो । पाल्पाका धेरै स्थानमा बाढी, पहिरोको जोखिम छ । जिल्ला प्रशासन कार्यालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेको छ । यही योजना अन्तर्गत पनि धेरै स्थानलाई खतराजन्य सूचिमा राखिएको छ । संभावित जोखिमका क्षेत्र पहिचान गरेर सुरक्षा रणनीति पनि बनाइएको छ ।
पाल्पामा तानसेन–हार्थोक, हार्थोक–छहरा, सिद्धार्थ राजमार्ग, आर्यभन्ज्याङ–रामपुर सडकका साथै कालीगण्डकी कोरिडोरले सडक चौडापार्दा पहिरोको जोखिम बढेको छ । रामपुर, माडीफा“ट, अर्गली, बा“सटारी, झडेवा फां“टका साथै तिनाउ, अरुणखोला, निस्दी, पूर्वखोलाका टार क्षेत्र डुबानमा पर्ने संभावित क्ष्ँेत्र हुन् । जल्पा, देवीनगर, झडेवा, मदनपोखरा, दोभान, तानसेन सम्मोबारी क्ष्ँेत्र पहिरोको जोखिममा रहेको छ । पाल्पामा दुई सय बढी २५ परिवार पहिरोको जोखिममा छन् । उनीहरु बिस्थापित हुने खतरामा रहेको प्रहरीको तथ्यांकमा छ । अघिल्लो वर्ष विपद्का २२ वटा घटना हुदा २४ जनाको मृत्यु र २ सय ६३ जना घाइते भएका थिए ।
मनसुन सक्रिय भएस“गै वर्षाका कारण पहाडी भेगमा बाढी, पहिरो, भुःक्षय, कटानको जोखिम कायमै रहेको छ । यसपटक अघिल्लो वर्षभन्दा मनसुन छिटो र बढी सक्रिय भएको छ । जसका कारण पहिरो खस्न सुरु भएको हो । मुख्यतः राजमार्ग, ग्रामीण सडक चौडा गराउ“दा वातावरणीय पक्ष र इन्जिनियरको रेखदेख नहु“दा बस्ती, राजमार्ग, ग्रँमीण सडकमा पहिरोको जोखिम बढ्दै गएको छ । ठूला मेशिनको जथाभावी प्रयोगले पहाडमा पहिरो, कटानको जोखिम बढेको हो । अब पनि वातावरणीय पक्षलाई ध्यान नदिने भएकाले बस्ती नै जोखिममा पन छ । पहाडमा जथाभावी डोजर परिचालन गर्दा माथिल्लो भागमा सडक चौडा गर्दा तल्लो भेगमा बगेर आउने गेग्रटोले बारी, खेत, घरमा नोक्सान पुगेको छ । त्यसैले यसका लागि सरोकारवाला निकायको बेलैमा चेत खुलोस् ।