पाल्पा । तानसेन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्याक्रम र बजेटमा स्वास्थ्य र प्रविधिमैत्री शिक्षालाई जोड दिने भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेटका विषयमा स्थानीय संचारमाध्यमका सम्पादक तथा अगुवा पत्रकारहरुको पत्रकार भेटघाटमा नगरप्रमुख अशोककुमार शाहीले कोभिड १९ को व्यवस्थापन गर्नुका साथै नगरवासीको सहज स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने कार्यक्रम ल्याउने बताए । उनले कोभिड महामारीका कारण शिक्षा संकटमा परेकाले सर्वसुलभ र समयानुकुलको प्रविधिमैत्री शिक्षाका लागि आवश्यक योजना तथा कार्यक्रम ल्याउने बताए ।
तानसेन नगरपालिकाले सम्वृद्ध तानसेनलाई सहयोग पुग्नेगरी युवा स्वारेजगार, व्यवसायिक कृषि, रोजगारउन्मुख पर्यटन सहित सडक र पूर्वाधार विकासका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख शाहीले बताए । चालु आर्थिक वर्षका भएका योजना तथा तथा कार्यक्रमवारे प्रवक्ता दामोदरप्रसाद घिमिरेले जानकारी गराए । उनले नगरपालिकाले सबैको सहयोग र सहकार्यमा शिक्षा, स्वास्थ्य सहित सामाजिक विकासमा उल्लेख्य काम गरेको जानकारी गराए ।
कार्यक्रममा संचारकर्मीले नगरको विकास निर्माणमा नगरपालिकाको ध्यान पुग्न नसकेको गुनासो गरेको थिए । कतिपय काम सुरुवात भएपनि देखिनेगरी काम हुन नसकेको सुझाव पत्रकारले दिए । कार्यक्रममा पत्रकारहरुले नगर प्रमुखको भनाई र योजनाले मुर्तरुप दिन नसकेको बताए । उनीहरुले ठूला योजना भन्दा तत्काल देखिने जनताको माग रहेका योजना संचालन गर्न सुझाव राखेका थिए । यसका साथै पत्रकारहरुले विगतदेखि भन्दै आएको तर नगरपालिकाले नगरेको टुँडिखेलको सौन्र्दयकरण, छाडा पशु चौपायाको नियन्त्रण, पार्किंङ व्यवस्थापन लगायतका काम नभएको बताए । उनिहरुले निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम बजेट भएकोले घोषणा पत्रमा उल्लेख गरिएका विषयमा कति पूरा भए भएनन एकफेर हेर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा पत्रकार महासघ पाल्पाका अध्यक्ष रेखीराम रानाले तानसेन नगरपालिकाले अन्य स्थानीय तहले भन्दा मिडियालाई फरक तरिकाले सहयोग गरेको बताए । उनले विकासलाई पनि नागरिकले महशुस गर्नेगरी गर्न अनुरोध गरे । भेटघाट कार्यक्रम नगरउपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेको धन्यावद र प्रेस सल्लाहकार गोविन्द भट्राईको संचालन तथा नगरप्रमुख शाहीको अध्यक्षतामा चलेको हो ।
तानसेन नगरपालिकाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बितरित प्रेस नोट जस्ताको तस्तै ः
प्रेस नोट
१, तानसेन नगरपालिकाको नवौं नगरसभा प्रक्रियासम्मत ढंगले संसदीय अभ्यासअनुरुप सञ्चालन हुने व्यहोरा अवगत गराउँदै मिति २०७८ असार १० गते दिनको १ः१५ बजे सभा शुरु हुन गईरहेको सन्दर्भमा नगरसभामा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र तत्पश्चातको प्रस्तावित वजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा उपस्थित पत्रकारसाथीहरुबाट रचनात्मक सुझावको अपेक्षासहित आजको संक्षिप्त भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
ड्ड गतवर्षदेखि सुरु भएको कोरोना भाइरस संक्रमण (कोभिड—१९) को असर नसकिदै यो वर्ष पनि कोरोनाको दोस्रो लहरका कारण विकास निर्माणको कामले अपेक्षाकृत ढंगले गति लिन नसकेपनि चालु आर्थिक वर्षको पछिल्लो भौतिक प्रगति र खर्चको अवस्था सन्तोषजनक रहेको छ । नगरवासीको जीवनरक्षालाई प्रमुख प्राथमिकता दिई हामीले वडास्तरमा कोरोना परीक्षण र संक्रमीत विरामीहरुलाई अक्सिजनसहितको आइसोलेसनमा राखी हाम्रो सामथ्र्यअनुसार उपचार लगायतका यथासक्य कामहरु ग¥र्यौँ । कोरोनाबाहेकका स्वास्थ्य समस्यालाई पनि हामीले नियमितरुपमा सम्बोधन गरिआएका छौं । कोरोनाकोलहर समाप्त नभइसकेको कारण पूर्वतयारीस्वरुप अक्सिजनसहितको सामूदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि वजेटको व्यवस्था गर्दै छौं । यस कार्यका लागि आन्तरिक स्रोत व्यवस्थापनबाहेक हेफर इन्टरनेसनल नेपाल लगायतका संघ संस्था तथा निजी क्षेत्रले समेत सरसहयोग गरिसकेको र अन्यले समेत प्रतिवद्धता जाहेर गरेको जानकारी गराउछौं ।
२, मुलुक संघीय संरचनामा गएपश्चातको पहिलो निर्वाचनयता तानसेन नगरपालिकाबाट कानुन निर्माण लगायत विकास निर्माणलाई समेत अगाडि बढायौं । पछिल्ला वर्षमा विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण विकासनिर्माणका काम अवरुद्ध हुन पुगेको कुरा हामी सबैलाई अवगतै छ । तथापी यस नगरपालिकाले दलित, अल्पसंख्यक, विपन्न नागरिक, सरसफाइकर्मी र स्वास्थ्य स्वयसेविकाहरुको लागि निशुल्क स्वास्थ्य वीमा कार्यक्रम (करीव १७०० जनालाई नियमित), घरघरमा स्वाथ्स्य सेवा अभियान, छोरी शिक्षा कार्यक्रम, कृषि एम्बुलेन्स सेवा, युवा स्वरोजगार कार्यक्रम, वैधानिक दस्तावेज हाम्रो तानसेन त्रैमासिक प्रकाशन, डिजिटल प्रोफाईल र नगर बृहत योजना तयारी, आवश्यक स्थानीय ऐनकानून निर्माण तथा प्रकाशन, सहकारी नियमन तथा सबलीकरण, नेपाल पत्रकार महासंघ पाल्पा शाखासहित स्थानीय सञ्चारगृह सबलीकरणलगायत प्रमुख कार्यहरु अगाडि बढाएका छौं ।
नगरस्तरीय तथा ग्रामीण वडाहरु लक्षित सडक पहुँचका लागि सडक विस्तार र स्तरबृद्धि, रिङ्गरोड योजना सञ्चालन, कलाकृति र संस्कृतिको संरक्षण, सांस्कृतिक सहर पूर्वाधार कार्यक्रम (शीत्तलपाटी देखि सिलखानटोल ढुङ्गा छपाई), एक वडा एक कि.मी. पक्की सडक अभियान, पैदल सडकहरु ढलान, बसपार्क निर्माणका लागि पूर्वाधार तयार, टुँडिखेलको स्तरोन्नति, औद्योगिक ग्राम निर्माण, विग बुद्ध परियोजनाको थालनी, कृषि उपज संकलन केन्द्र निर्माण, फोहरबाट उर्जा कार्यक्रम लगायतका कार्यहरु सञ्चालन गरिएकोे स्मरण गराउन चाहन्छौँ । यी बाहेक प्रसस्त देखिने तथा मानवीय सेवासँग जोडिएका नगरवासीले अनूभूत गर्ने खालका कामलाई हामीले महत्व दिएको तथ्य हाम्रो तानसेन त्रैमासिकका विभिन्न अंकमा पत्रकारस्वयम्ले लेख्नुभएको रिपोर्टले प्रष्ट पार्दछ ।
३, अन्त्यमा, आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र वजेट तर्जुमाको क्रममा स्वास्थ्य, सर्वसुलभ र थप प्रविधिमैत्री शिक्षा, युवा स्वरोजगार, व्यवसायिक कृषि र रोजगारउन्मुख पर्यटन कार्यक्रम, पूर्वाधार लगायतका अन्य विषयगत क्षेत्रहरु समेत प्राथमिकतामा रहेकाले पत्रकारज्यूहरुबाट समृद्ध तानसेनका लागि सहयोग पुग्ने खालका साथै सञ्चारक्षेत्रलाई सबल र मर्यादित बनाउनका लागि हामीले गर्नसम्भव कार्यका लागि रचनात्मक सुझावको अपेक्षा गर्दछौँ ।
अशोककुमार शाही
नगरप्रमुख, तानसेन नगरपालिका