तिनाउको भवन उद्घाटन

पाल्पा,तिनाउ गाउँपालिका २ गणेश टोलमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरिएको छ ।

गणेश सामुदायिक वन उपभोक्ता समूहले खरिद गरेको एक रोपनी क्षेत्रफलमा बनेको भवन गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष घर्तीले ठूलो संख्यामा सहभागी उपस्थित हुने कार्यक्रम संचालन गर्न अवसहज हुने बताए ।

गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले भवन अभावमा हुने विभिन्न पार्टी र सभाका कार्यक्रम गर्न अन्यन्त्र जानुपर्ने बाध्यता भवन बनेसंगै हेटेको बताईन् ।

वडाध्यक्ष तथा पालिका प्रवक्ता राजेश श्रेष्ठले बन समूहले न्यूनतम मुल्यमा जग्गा खरिद गरि  निर्माण गरिएको भवनमा करिव एक सय ५० जना क्षमताको रहेको बताए । उनले भवन बहुआयामिक रुपमा प्रयोगमा ल्याएर फाईदा लिनुपर्ने बताए ।

भवनका निर्माणका लागि गाउँपालिकाबाट गत वर्ष ८ लाख र चालू आर्थिक वर्षमा १६ लाख ७० हजार रुपैया गरि कुल २४ लाख ७० हजार खर्च भएको उपभोक्ता समितिकी अध्यक्ष जमुना पौडेलले बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय