बगनासकालीमा स्वास्थ्यलाई प्राथमिकता

पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ मा स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको तयारी गरेको छ ।

जनताको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको प्रमुख दायित्व भएकोले सहज र सुलव स्वास्थ्य सेवा उपलव्ध गराउन आबश्यक पूर्वाधार निर्माण तथा सेवा संचालनमा जोड दिइने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

उनका अनुसार जनताको जीवन रक्षा गर्न सके विकास पछिल्ला वर्षमा र्न सकिने भएकोले यसवर्ष स्वास्थ्यमा बजेट तथा कार्यक्रम निर्माण हुनेछ ।हाल बगनासकाली गाउँपालिकाको चापपानी, नायरनम्तलेस र खानीछापमा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर सहितको स्वास्थ्य चौकी संचालनमा छ ।

यम्घा र खानीगाउँमा निर्माण तथा व्यस्थापन कार्य सम्पन्न भएको तर कोभिड का कारण सेवा सुरु गर्न नसकिएको अध्यक्ष बस्यालले बताए । अवस्था सामान्य हुनेवितिकै सेवा सुभारम्भ गरिने छ । आगामी वर्ष दर्लमडाँडा र पोखराथोकमा बर्थिङ्ग सेन्टर संचालन गर्ने गरि कार्यक्रम निर्धारण गरिएको छ ।

यसका साथै १५ वेड को अस्पताल निर्माण भएपछि स्वास्थ्य सेवामा थप पालिकावासीलाई सहज हुने विश्वास अध्यक्ष बस्यालको रहेको छ । गाउँपालिकामा चालु अवस्थामा रहेका योजना तथा कार्यक्रम निरन्तारता दिएको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले बताइन् ।

गाउँपालिका भित्रको शिक्षा, कृषि तथा पशुपालन र आर्यआर्जन कार्यक्रमलाई प्राथमिकता दिने बजेट ल्याउने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले जनाए ।

आगामी वर्षको बजेटमा गाउँपालिकाको भवन निर्माणका लागि चिलांदीमा जग्गा व्यवस्थापन भैसकेकोले २ वर्षमा पुरा हुनेगरी प्रशासनिक भवन निर्माणको प्रकृया अगाडी बढाउने गरी काम हघि बढेको समेत उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय