स्थानीय तहको निर्वाचनपछि पूर्वखोला गाउँपालिकाको विकासको नारा “शिक्षा, स्वास्थ्य सडक, कृषि पर्यटन सहितको पूर्वाधार, पूर्वखोला विकासको आधार” रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए वमोजिम स्थानीय तहहरुले वर्षमा दुई पटक गाउँसभा गर्नु पर्ने प्रावधान छ । सातौ गाउँसभाले बजेट पेश गरेको छ । अर्धवार्षिक रुपमा आठौ गाउँसभा सम्पन्न भएर काम तीब्रताका साथ अघि बढेको छ ।
पूर्वखोला गाउँपालिकाको आठौं गाउँ सभा हिउँदे अधिवेशन सकिएपछि अहिले विकास निर्माणले तीब्रता पाउने बेलामा कोभिड १९ ले समस्या ल्याएको छ । पूर्वखोला गाउँपालिकामा ऐन नियम तथा कार्यविधिहरुका मस्यौदा बनेको छ । चालु आर्थिक वर्षका लागि सातौं गाउंसभावाट स्वीकृत भएको आर्थिक विनियोजनको कार्यान्वयनको सन्दर्भमा देखा परेको समस्याहरुलाई समाधान गर्नको निमित्त केही मात्रामा विनियोजन संशोधनको प्रस्ताव समेत पेश भएका थिए ।
चालु आ.व को वजेट कार्यान्वयनको मध्यकालिन अवस्थामा नै सातौ गाउँसभा हुन्छ । आर्थिक वर्ष अर्ध वार्षिक तथा गत आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा समेत गरिएको छ । केहि आयोजनाहरुको नाम शंसोधन,पालिका भित्र आवश्यक केहि वृहत आयोजनाहरु छनौट, वडा तथा पालिका स्तरवाट महशुस भएका केही समसामयिक विविध प्रस्तावहरु माथिको छलफल भएर काम अघि बढेको छ । चालु आ.व मा सम्पन्न भएका कार्यपालिका वैठकहरुको समिक्षात्मक अनुमोदन समेतका छलफलका विषयहरु यस गाउंसभामा प्रस्तुत भएका हुन् ।
चालु आर्थिक वर्ष २०७७।०७८ को लागि यस पूर्वखोला गाउँंपालिकाद्धारा अघिल्लो २०७७ असार १० गतेका दिन सातौं गाउंसभा भएको हो । त्यसमा गाउँसभामा ४८ करोड ९७ लाख ६५ हजार ७ सय १० रुपैया अनुमानित आय विवरण पेश भएको थियो । वार्षिक योजना तथा कार्यक्रम पारित भए पश्चात हाल कार्यान्वयन भइरहेको छ । चालु आ.व ०७७।०७८ का लागि जम्मा ३६२ वटा योजना तथा कार्यक्रम पारित भएको थियो । त्यस मध्ये चालु आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा झण्डै सबै योजना सम्पन्न हुने अवस्थामा पुगेको छ । कतिपय योजना निषेधाज्ञाले गर्दा हुन सकेको छैन । कतिपय सम्पन्न हुने क्रममा छन् । धेरैको फस्यौंट पनि भइसकेको छ । गाउँसभाले पारित गरेको योजना कार्यान्वयन गराउने जिम्मा हामी कर्मचारीको भएकाले पनि सोही अनुसारको कामहरु सम्पन्न गराउनु दायित्व पनि हो ।
यस अवस्थासम्म आइपुग्दा पूर्वखोला गाउँपालिका संग भएको श्रोत साधनको मौजुदा अवस्थालाई ख्याल गर्दै काम गर्ने गरिएको छ । गाउँसभाले गर्ने निर्णयलाई कार्यान्वयन गर्ने गरिएको छ । गाउँसभाले पारित गरेको बजेटबाटै र मौज्दात रकमवाट वडाहरुमा योजनाहरु, ऐन तथा कार्यविधीहरु तयार गर्ने काम पनि भएको छ । गाउँपालिका तहमा समेत केहि नयां योजना तयार गर्ने काममा सहयोग गरिएको छ । कर्मचारीको कामको दायित्व अनुसार नै हामीले काम गर्ने गरिएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय संचालनको लागि स्थानीय सरकार संचालन ऐन २०७४ लाई आधार मान्दै स्थानीय सरकार संचालनको लागि आवश्यक पर्ने विभिन्न ऐन, नियम तथा कार्यविधी तयार भए अनुसार कार्यालय संचालन गर्ने गरिएको छ । अहिलेको अवस्थासम्म आइपुग्दा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धि ऐन २०७७, शिक्षा नियमावली २०७७ तयार भएको छ ।
शिक्षक दरवन्दी मिलान कार्यविधी २०७७, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्वन्धि कार्यविधी २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्वन्धि कार्यविधी २०७७, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारंभिक वातावरणीय परीक्षण कार्यविधी २०७७ तयार गर्न कर्मचारीको महत्वपूर्ण सहयोग रहेको छ । विपद व्यवस्थापन कोष (संचालन) कार्यविधी २०७७, आर्थिक सहायता कार्यविधि २०७७, ८० वर्ष उमेर पुगेका नागरिकहरुको स्वास्थ्य सेवा कार्यविधी २०७७, गाउँंपालिकाको एम्वुलेन्स संचालन कार्यविधी २०७७, खानेपानी कार्यविधी २०७७, सुरक्षित नागरिक आवास निर्माण निर्देशिका २०७७, गर्भवती महिलाको लागि हातमा अण्डा कार्यक्रम निर्देशिका २०७७ तयार भएको छ । गाउँपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत समग्र विषयमा हामीले योजना तयार गर्न सघाउने र कर्मचारी भनेको जनप्रतिनिधिको सारथी हो भन्ने गरी काम गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८।०७९ को लागि बनाएको बजेटलाई कार्यान्वयन गर्ने क्रममा छौ । असार मसान्तसम्म सकेसम्म लक्ष्य हासिल गर्ने नै हो । तर यसमा लक्षित वर्गका बाँकी कार्यक्रम बाहेक र केही विकास योजना हुन नसक्ला तर जनप्रतिनिधिको क्रियाशीलताले गर्दा धेरै योजना सम्पन्न नै हुनेछ । पूर्वखोला गाउँपालिकाको आन्तरिक आय १ करोड जति नै हो । संघको राजश्व बाँडफाँडबाट आउने ८ करोड, प्रदेश सरकारबाट ४५ लाख गरी ९ करोड ४५ लाख नै हो ।
वित्तीय हस्तान्तरणतर्फ संघका ९ करोड, प्रदेश सरकारको ५२ लाख, गरी ९ करोड ५२ लाख हो । संघको शसर्त अनुदान २० करोड, समपुरक अनुदान २ करोड, विशेष अनुदान २ करोड साथै प्रदेश सशर्त अनुदान २ करोड, विशेष अनुदान २ करोड, समपुरक अनुदान २ करोड रहेको थियो । यही बजेटलाई सामाजिक विकासतर्फ २५ करोड ६० लाख, आर्थिक विकासमा ४ करोड ५० लाख, पूर्वाधार विकासतर्फ १० करोड ८७ लाख, सुशासन तथा अन्तरसम्बन्ध १ कराड र प्रशासनतर्फ ७ करोड बजेट रहेको थियो ।
गाउँपालिकाभित्र भइरहेका विकास निर्माणको काममा सबैको सकृयताको अपेक्षाका साथ चालु आ.व को तेस्रो चौमासिकसम्म आउँदा यस पालिका भित्र केहि ठूला योजनाहरु कार्यान्वयनको अवस्थामा रहेको छ । खल्लुक भन्ज्याङ विर्ता वजार मोटर वाटो स्तरोन्नती (ठेक्का मार्फत), गाउँपालिकाको सभाहल निर्माण (ठेक्का मार्फत), गाउँंपालिका स्तरको १५ शैयाको अस्पताल निर्माण (ठेक्का भएको), हेक्लाङ स्वास्थ्य चौकी भवन निर्माण (ठेक्का भएको) सुरु भएको छ ।
सिलुवा स्वास्थ्य चौकी वर्थिङ सेन्टर भवन (प्रकृयामा रहेको), ५ वेडको कोभिड अस्पताल (संचालनमा रहेको), सेर्कावास हेक्लाङ मोटरवाटो स्तरोन्नती (ठेक्का मार्फत), २ वटा झोलुंगे पुलको निर्माण, कोन्ध्रेखोला पक्की पुल निर्माण (प्रदेश सरकार मार्फत ठेक्काद्वारा), हुमिन रिङ्नेरह मोटर वाटो स्तारोन्नती (प्रदेश सरकार मार्फत ठेक्काद्वारा), बाख्रा पकेट कार्यक्रम वडा नं २, मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमको काम भइहेको छ ।
गाउंपालिकाको सभाहल निर्माण (ठेक्का मार्फत), गाउँंपालिका स्तरको १५ शैयाको अस्पताल निर्माण (ठेक्काको लागि प्रकृयामा रहेको), हेक्लाङ स्वास्थ्य चौकी भवन निर्माण (ठेक्का भएको), सिलुवा स्वास्थ्य चौकी वर्थिङ सेन्टर भवन (प्रकृयामा रहेको), ५ वेडको कोभिड अस्पताल (संचालनमा रहेको), सेर्कावास हेक्लाङ मोटरवाटो स्तरोन्नती (ठेक्का मार्फत), २ वटा झोलुंगे पुलको निर्माण, कोन्ध्रेखोला पक्की पुल निर्माण (प्रदेश सरकार मार्फत ठेक्का द्धारा), हुमिन रिङ्नेरह मोटर वाटो स्तारोन्नती (प्रदेश सरकार मार्फत ठेक्का द्धारा), बाख्रा पकेट कार्यक्रम वडा नं २, मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमका काम भइहेको छ । धन्यवाद ।