रिब्दीकोटको प्राथमिकता कृषि र पूर्वाधार विकास

पाल्पा। रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रममा जनताको जीवन रक्षा सहित कृषि र पूर्वाधार विकासमा प्राथमिकता दिएको छ ।

अहिले स्थानीतहहरुले आगामी वर्षको लागि नीति बजेट तथा कार्यक्रमको तयारी गरिरहेको बेला रिब्दीकोटले कामको प्राथमिकता स्वास्थ्य सेवा प्रवाहमा रहेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जि.सीले बताए । उनले स्वभाविक रुपमा बजेट भने कृषि र पूर्वाधार विकासमा रहने जानकारी दिए ।

गाउँपालिकाले गत वर्षमा संचालनमा रहेको सम्पन्न गर्नुपर्ने योजनाको निरन्तरताका साथै जनताको माग र आबश्यकताका आधारमा कृषि र विकासमा ध्यान दिईने पालिका अध्यक्ष जिसीले बताए ।

गाउँपालिकामा अहिले बजेटको तयारी तिव्र रुपमा भएको छ । चालू आर्थिक वर्षको सर्व पक्षको समिक्षाका साथै ६ वटै विषयगत समितिको बैठक सम्पन्न भएको छ । स्रोत अनुमान गरि वठास्तरमा करिव ६५ देखी ७० लाख सम्मको बजेट सिंलिङ्ग तयार गरि योजना तथा कार्यक्रम छनौटका लागि पठाईएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।

कोभिड १९ का कारण बस्तीस्तरमा पहिले जस्तो पुग्न असहज भएकोले वडामा सूचना टाँस गरी, फोन वा अन्य वैकल्पीक विधीबाट योजना संकलनको काम भैरहेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।

वडामा जनप्रतिनिधिहरु निर्वाचित भएपछि अहिले सम्म आबश्यक योजना वारे सवैलाई थाहा भएकोले पनि प्राथमिकताका योजना छनौटमा समस्या नहुने गाउँपालिकाले जनाएको छ । नीति कार्यक्रम तथा बजेटको अधिकांस कार्य सम्पन्न भएकोले ढाँचामा राख्ने काम भैरहेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार आगामी आर्थिक वर्षको लागि चालू आर्थिक वर्षको असार १० गते भित्र गाउँसभामा बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान हरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय