पाल्पा । पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग बिहिबार दिउँसोबाट एकतर्फि खुलेको छ । सडक डिभिजनका अनुसार जगैबाट सडक बगेकाले पुनः डायभर्सन गरेर सडक सूचारु गरिएको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेपुल नजिकै वर्षासंगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएको थियो । सडकको तल्लो भागबाट खोलाले कटान र पहिरो खसेपछि मंगलबार दिउ“सोबाट सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुंदा सवारी साधन अलपत्र परेका थिए । तीन दिनदेखि सडकमा अलपत्र परेका अत्यावश्यक खाद्यान्न लगायत अन्य सामाग्री बोकेका मालवाहक ट्रकका साथै अन्य सवारी साधन गन्तव्यतर्फ पठाइएको छ ।
बिहिबार बिहानैदेखि काम गरेर सडक सुचारु गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए । सडक एतर्फि खुलेपछि पालैपालो दुई साइडबाट सडकमा अलपत्र सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।