कुमाल समुदायमा दैनिक छाक टार्नै समस्या

पाल्पा । बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दाका कुमाल समुदायका केही घरपरिवारलाई दैनिक छाक टार्न समस्या भएको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएपछि साँझ विहानको छाक जोहो गर्न समस्या भएको हो ।

घोरबन्दामा कुमाल समुदायको करिव एक सय ५५ घर परिवार बस्दै आएका छन् । कम्तीमाा ३० यहाँ रहेका अधिकांस परिवार दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्दे आएका छन् । यही समयमा भएको निषेधाज्ञाको बढ्दो समयले उनीहरुलाई थप समस्यामा पारेको स्थानीय सन्तोषी कुमालले बताइन् ।

निषेधाज्ञाले बजारहरु पूर्ण रुपमा बन्द छन् । उनीहरुले गर्ने काम सामान ओसार पसार र मजदुरी हो । गाडी नचल्दा काम नपाएको ओमीसरा कुमालले बताइन् । उनले काम नहुदाँ माममा पनि समस्या भएको बताइन् ।

ज्याला मजदुरी काम नभएपछि दैनिकी कसरी चलाउने भन्ने चिन्ताले विमला कुमाललाई पनि सताएको छ । उनका अन्ुसार भएको केहि अन्नपात सकिएको छ । सरसापट माग्नका लागि पनि सबैलाई समस्या भएको समेत उनले बताइन् ।

यहाँका नागरिक महामारीको बीचमा रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्तामा रहेको स्थानीय हेम कुमारी कुमालले बताइन् ।
कोरोनाको कारण अन्यत्र गएका परिवारका सदस्यहरू समेत घरमा थपिएका छन् । खर्च बढेको छ तर आम्दानी नहुदाँ सकस भएको मानबहादुर कुमालले बताए ।

उनले काम हुदाँ खान पाइन्थ्यो अहिले काम छैन त्यसैले दुख भएको उनले बताए । अघिल्लो वर्षको बन्दमा स्थानीय तहले राहत दिएको भएपनि यस वर्ष केहि कुरा नभएको उनीहरुको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले अहिलेसम्म खाना खानैका लागि समस्या भएको भन्दै पालिका भित्रका कुनै परिवार सम्प्रर्कमा नआएको बताए । उनले समस्याबारे बुझन् लगाएको बताउँदै पालिका भित्रका कुनै परिवार भोकै बस्नु नपर्ने बताए ।

सम्बन्धित खवर