पाल्पा । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले राहत बितरण गरेको छ । बुहारी संयुक्त आवाजले पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाकाे बल्ढेङगढीमा पुगेर विपन्न समुदायका नागरिकहरुलाई लक्षित गरेर राहत वितरण गरेको हो ।
रैनादेवी छहरा गाउँपालिका वडा नं ७, बल्ढेङगढीका गहते, काउले, सुकादमार, लौधापानी , चिदिपानी ठाउँमा बसोबास गर्दै आएका विपन्न वर्ग तथा दलित समुदायका ६५ घर परिवारलाई दाल, चामल ,चिउरा, नुन, तेल लयागत दैनिक खाद्यान्न सामाग्री वितरण गरिएकाे छ । किशोरी तथा गर्भवती ८ जनालाई स्वास्थ्य तथा सरसफाईका सामाग्री समेत बितरण गरिएकोे मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिइन् ।
खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै खड्काले संस्थाका पदाधिकारीहरुको संक्रियता ,बल्ढेङ्गढी जन्म भई हाल विभिन्न क्षेत्रमा बसोवास गर्ने र सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिहरुको आर्थिक सहयोग र बिपद कोषबाट खाद्यान्न हस्तान्तरण गरेको बताइन। कार्यक्रममा बोल्दै रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष लोक बहादुर खड्काले मेची महाकाली बुहारी संयुक्त आवाज लुम्विनी प्रदेशले १२ जिल्ला मध्ये पाल्पाका निम्न वर्गीय वर्गका बासिन्दालाई छनोट गरी राहत बितरण गरिएकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि आवाजले यस्ता खालका बिपदमा सहयोगको अपेक्षा व्यक्त गरे ।
गरिबीका कारण कोही भोकै बस्न नपरोस् ,कसैको चुलो निभ्न नदिनुका साथै पिडामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको संस्थाकी कपिलवस्तु संयोजक चन्द्रा सापकोटाले बताइन् । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज बाग्मती प्रदेशका सल्लाहकार कल्पना पौडेलले हिंसामुक्त समाज निमार्णका लागि संस्थाले सक्दो पहल गरेको बताइन् ।
राहत लिएर संयोजक खड्कासंगै , इश्वरी पन्थ बस्याल ,इन्द्रा बि क, लक्ष्मी भुषाल, बिण्णु अधिकारी सहितको टोली पाल्पा पुगेको हो ।
सस्थाले हिंसामा परेका बालबालिका,महिला ,पुरुष र जेष्ठ नागरिकहरुको हक अधिकारका लागि काम गर्दै आएको छ । कार्यक्रममा नेकपा एमालेका नेता झपिन्द्र रायमाझी ,गहते माविका प्रधानाध्यापक भोजबहादुर खड्का , खेलकुद समन्वय समितिका अध्यक्ष हरि रायमाझी , शिबहरि सापकोटा, राम बहादुर सापकोटा, नबिन खड्का, बल बहादुर कार्की लगायत समाजसेवको राेहबरमा खाद्यान्न बितरण गरेकाे हाे ।