पोसिलो खानेकुरा र स्वास्थ्य सामाग्री बितरण

पाल्पा । पाल्पा तानसेनकी सामाजिक व्यक्तित्व मीना पन्थीले पाल्पाको रिब्दीकोट र रैनादेवी छहराले संचालन गरेको कोभिड अस्पतालमा पुगेर पोषिलो खानेकुराका साथै स्वास्थ्य सामग्री प्रदान गरेकी छन् । कोरोना संक्रमणका बेला जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य सुरक्षा र पौष्टिक आहार सहयोग गरेकी हुन् ।
रिब्दीकोट र रैनादेवी छहराका कोभिड १९ आइसोलेसन अस्पतालमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकी छन् । उनले हर्लिक्स, मास्क, सेनिटाइजर सहयोग गरेकी हुन् । रैनादेवी छहराका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न र बचाउनका लागि केही भए पनि राहत पुग्ने बताए ।
पन्थीले यसअघि पाल्पा कारागारका महिला कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामाग्रीका साथै तानसेन, बगनासकाली, माथागढीका आइसोलेसनमा बसेका बिरामीका लागि पौष्टिक आहार बितरण गरिसकेकी छन् भने निजी सवारी साधनमा संक्रमित र शव बोक्ने पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेकी छन् ।

सम्बन्धित खवर