अस्पताल र स्थानीय तहका लागि अक्सिजन सिलिण्डर

पाल्पा । पाल्पामा कार्यरत सामाजिक स्रोत विकास केन्द्र नेपालले अस्पताल र स्थानीय तहलाई सिलिण्डर सहयोग गरेको छ । पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गरेको हो । सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले अस्पतालहरु र कार्यक्षेत्र रहेको स्थानीय तहलाई पाँच पाँचवटा सिलिण्डर सहयोग गरेको बताए ।
बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, पाल्पा अस्पतालका अस्पताल विकास समिति अध्यक्ष नेत्रप्रसाद पाण्डेय, युनाइटेड मिसन अस्पतालकी डा. रचेल कारखलाई सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले सिलिण्डर हस्तान्तरण गरे । कोरोना भाइरस संक्रमितका लागि उपचारमा सहयोग पुर्याउन कोभिड सुरक्षा किटसमेत १ सय ५० प्रदान गरिएको छ ।बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कोभिडका बेलामा यसरी सुरक्षा सामाग्रीका साथै सिलिण्डर प्रदान गर्दा राहत पुग्ने बताए । पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जनताको स्वास्थ्यमा सुधार ल्याउन र कोरोना संक्रमणबाट जोगाउन उपचारका लागि भरपुर सहयोग गरेको बताए । कार्यक्रममा युनाइटेड मिसन अस्पतालकी प्रमुख डा. रचेल कारखले कोभिडका बिरामी, कुरुवालाई खाना खुवाउने, स्वास्थ्य सामाग्री प्रदान गर्ने र पुनः अक्सिजन सिलिण्डर समेत दिएकामा धेरै खुसी लागेको बताइन् ।
यसैबीच, पाल्पाका स्थानीय तहले आगामी दिनमा बढ्न सक्ने कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर खरिद गरेका छन् । पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार २० ठूला अक्सिजन सिलिण्डर थप भएको छ । रैनादेवी छहरा, माथागढी, रम्भा गाउँपालिकाले १५÷१५ वटा, तिनाउले २० वटा खरिद गरेका छन् । रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीका अनुसार रिब्दीकोटले पनि १५ वटा सिलिण्डर खरिद गरेको छ । तानसेन नगरपालिका र निस्दी गाउँपालिकाले ३०÷३० वटा सिलिण्डर थप खरिद गरेको छ । बगनासकाली गाउँपालिकाले ५ र लुम्बिनी मेडिकल कलेजले ५० वटा सिलिण्डर खरिद गरेको छ । प्रतिसिलिण्डर २४ हजार ५ सयका दरले ४० केजीका सिलिण्डर चाइनाबाट व्यापारीले ल्याएर बिक्री गरेका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय