परीक्षण नगराउँदा संक्रमण कायमै

पाल्पा (करुवा), ग्रामीण भे‍गका घर‍घर‍मा लक्षणसहितका बिर‍ामी छन् । तर‍ उनीहरु आर‍टि पिसिआर‍ र‍ एन्टिजे‍न पर‍ीक्षण गर्न मान्दै‍नन् । स्वास्थ्यकर्मी र‍ जनप्रतिनिधि उनीहरुलाई सम्झाउँदा बुझाउँदा है‍र‍ान खे‍प्न थाले‍का छन् । स्थानीय तहले‍ नजिकको‍ पायक पनेर्‍ स्थान तो‍के‍र‍ वडावडामा स्वाब संकलन गर्न पुग्छन् । तर‍ गाउँमा ज्वर‍ो‍, रुघाखो‍की, ज्यान दुख्ने‍, पखाला लाग्ने‍ बिर‍ामी प्रशसत छन् । यसर‍ी लक्षणसहितका बिर‍ामी जाँच गर्न आउन नमाने‍पछि गाउँमा संक्रमण दर‍मा कमी आउन सके‍को‍ नसके‍को‍ हो‍ । यसर‍ी पर‍ीक्षण गर्न नमान्दा ग्रामीण भे‍गमा अझ बढी संक्रमण फै‍लिने‍ हो‍ कि भन्ने‍ डर‍ सुरु भएको‍ छ ।

खे‍ती किसानी गनेर्‍, वर्मपर्म गर्न जाने‍, गाई वस्तु चर‍ाउने‍, बजार‍ हिड्ने‍ समय भएकाले‍ पनि झन् समस्या आउन सक्ने‍ स्थानीयको‍ भनाई छ । तिनाउ गाउँपालिकाको‍ झुम्सामा वडा कार्यालयले‍ दुई पटकसम्म स्वाब संकलनका लागि शिविर‍ र‍ाख्यो‍ । तर‍ नजिकै‍को‍ बे‍रुवा गाउँका बासिन्दा एक जना पनि स्वाब दिन आएनन् । गाउँमा लक्षणसहितका बिर‍ामी भएको‍ सूचना वडा कार्यालयमा आइर‍हे‍को‍ थियो‍ । स्थानीयले‍ स्वाब दिन मान्दै‍ नमाने‍पछि गाउँमै‍ स्वास्थ्यकर्मी र‍ जनप्रतिनिधि पुगे‍र‍ जर्बजस्ती ३० जनाको‍ नमुना पर‍ीक्षणका लागि स्वाब संकलन गर्दा २३ जनाको‍ आर‍टिपिसिआर‍ पो‍जे‍टिभ पुष्टि भएको‍ वडा नम्बर‍ ३ झुम्साका वडाध्यक्ष प्रे‍मप्रसाद पाण्डे‍यले‍ बताए ।

तिनाउकै‍ वडा नम्बर‍ ४, सत्यवती गाउँमा बिर‍ामी भएपनि अटे‍र‍ गर‍े‍र‍ बसे‍काहरु २४ जनाको‍ नमुना पर‍ीक्षण गर्दा १२ जनामा पो‍जे‍टिभ पुष्टि भएको‍ स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले‍ बताए । तिनाउकै‍ को‍लडाँडामा २१ जनामा १० जनामा पुष्टि भयो‍ भने‍ दो‍भान क्षे‍त्रमा १४ जनाको‍ नमुना पर‍ीक्षण गर्दा १० जनामा पो‍जे‍टिभ पुष्टि भयो‍ । यी के‍ही उदाहर‍ण मात्र भएको‍ स्वास्थ्य शाखा प्रमुख कार्कीले‍ बताए । यस्तो‍ समस्या तिनाउ गाउँपालिका को‍ धे‍र‍ै‍ गाउँटो‍ल, बस्तीमा छ । गाउँमा भएका बिर‍ामीलाई जाँच गर‍ाउन साह्ै‍ समस्या हुने‍ गर‍े‍को‍ तिनाउ गाउँपालिका वडा नम्बर‍ ३ का वडाध्यक्ष पाण्डे‍यले‍ बताए ।

तिनाउ गाउँपालिकाले‍ गाउँगाउँमा लक्षण सहितको‍ बिर‍ामी भएको‍ तथ्यांक संकलन गर‍े‍र‍ सबै‍ वडामा पुगे‍र‍ नमुना पर‍ीक्षणका लागि आर‍टिपिसिआर‍ गर‍े‍को‍ छ । कतिपयलाई एन्टिजे‍न पनि गर‍े‍को‍ छ । तर‍ समयमा आर‍टिपिसिआर‍को‍ रि‍पो‍र्ट प्रयो‍गशालाबाट नआउँदा झन् लापर‍वाही बढे‍र‍ संक्रमण नियन्त्रणमा समस्या र‍हे‍को‍ तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर‍ २ का वडाध्यक्ष र‍ाजे‍श श्रे‍ष्ठले‍ बताए । आफू टो‍ल टो‍ल र‍ वडा कार्यालयमा पुगे‍को‍ उनले‍ बताए । स्वास्थ्य कार्यालयले‍ भने‍ अझै‍ पनि कतिपय स्थानीय तहले‍ नमुना पर‍ीक्षण र‍ कन्ट्याक्ट टे‍«सिङ नै‍ नगर‍े‍काले‍ पनि नियन्त्रणमा कठिनाइ भएको‍ जनाएको‍ छ । ढिलो‍ गर‍े‍र‍ स्वाब संकलन गर्दा संक्रमणको‍ अवस्था जटिल भएर‍ मृत्यु दर‍ पनि बढे‍को‍ स्वास्थ्य कार्यालयका सूचना अधिकार‍ी ओ‍मप्रकाश पन्थीले‍ बताए ।

तानसे‍न नगर‍पालिका, र‍ै‍नादे‍वी छहर‍ा, माथागढी गाउँपालिकाले‍ पनि वडावडामा पुगे‍र‍ पिसिआर‍ पर‍ीक्षण शिविर‍ नै‍ संचालन गर‍े‍का छन् । तर‍ जाँच गर‍ाउन आउने‍को‍ संख्या भने‍ धे‍र‍ै‍ कम छ । लक्षण दे‍खिएकाले‍ समे‍त जाँच गर‍ाउन नमान्ने‍ र‍ जाँच गर‍ाएको‍ भिटिएम पर‍ीक्षणमा पाल्पा अस्पताल प्रयो‍गशालाले‍ ढिलाई गर्दा गाउँगाउँमा को‍र‍ो‍ना संक्रमण फै‍लिएको‍ हो‍ ।

नतिजा नआउँदै‍ खे‍तबार‍ीमा काम गर्न हिड्ने‍, परि‍वार‍सँग घुलमे‍ल हुने‍, मे‍लापात जाने‍ समस्याले‍ नियन्त्रणमा कठिनाई हुने‍ भएकाले‍ स्वास्थ्यकर्मी र‍ जनप्रतिनिधिले‍ गाउँटो‍लमा स्वाब संकलन गर‍े‍पछि नतिजा नआउन्जुल आइसो‍ले‍ट गर‍ाउन सक्नुपनेर्‍ नागरि‍कको‍ सुझाव छ । तिनाउ गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सुन्दर‍प्रसाद श्रे‍ष्ठले‍ गाउँपालिकामा ६ सय जनाको‍ को‍भिड पर‍ीक्षण गर्दा २ सय ८५ जनामा पो‍जे‍टिभ दे‍खिएको‍ बताए ।

उनका अनुसार‍ गाउँपालिकाको‍ पहलमा २२ बे‍डको‍ क्वार‍े‍न्टिन तथा १० बे‍डको‍ अस्पताल बनाई से‍वा प्रवाह गदैर्‍ आएको‍ छ । पछिल्लो‍ समयमा विपद् व्यवस्थापन को‍षमा बजे‍ट कमी हुँदै‍ गएको‍ उनले‍ बताए तिनाउ गाउँपालिकाका अध्यक्ष ओ‍म बहादुर‍ घर्तीले‍ गाउँपालिकाको‍ पहलमा ७ सय को‍भिड पर‍ीक्षण किट खरि‍द गर‍ी को‍र‍ो‍ना पर‍ीक्षण गदैर्‍ आएको‍ बताए । क्वार‍े‍न्टिन र‍ को‍भिड विशे‍ष अस्पतालबाट निर‍न्तर‍ से‍वा प्रवाह गदैर्‍ आएको‍ उनले‍ बताए । र‍ाहतका कार्यक्रमलाई पार‍दर्शी र‍ प्रभावकार‍ी बनाउदै‍ आएको‍ तथा अक्सिजन सिलिन्डर‍ खरि‍द गनेर्‍ प्रक्रिया र‍हे‍को‍ उनले‍ बताए ।

तिनाउले‍ गाउँगाउँमा औ‍षधि बितर‍ण, दै‍निक संक्रमितको‍ अवस्थाका बार‍े‍मा जानकार‍ी लिने‍ गर‍े‍को‍ छ । आइसो‍ले‍सनमा बसे‍काका साथै‍ स्वास्थ्य चौ‍कीबाट अवस्था जानकार‍ी लिने‍ गर‍े‍को‍ स्वास्थ्य शाखा प्रमुख कार्कीले‍ बताए ।

सम्बन्धित खवर