
पाल्पा (करुवा), तानसेन नगरपालिका–१४, अर्गलीका ६५ वर्षीय पुरुष कोरोना भाइरस संक्रमित भए । उनी १२ दिन घरमै बसे । उनको श्रीमतीले हेरचाह गरिन् । उनले आफूलाई कहाँबाट भाइरस संक्रमण भयो भन्ने पत्ता लगाउन सकेनन् । ‘कहाँ जाँदा सरेको हो भन्ने पत्ता लगाउनै समस्या भयो,’ उनले भने, ‘सामान्य रुघाखोकी लागेको थियो । परीक्षण गरेको पोजेटिभ देखियो ।’ सहर बजारबाट अहिले जहाँसुकै समुदायमा कोरोना भाइरस समुदायमा फैलिएको छ । यसरी समुदायमा फैलिएपछि नियन्त्रणको प्रयास थालिएको छ । कोरोना संक्रमण समुदायसम्म फैलिन थालेपछि पाल्पाका स्थानीय तह र पाल्पा अस्पताल नियन्त्रणको प्रयासमा जुटेका छन् । कोरोना संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि प्रयास जारी छ ।
गाउँगाउँमा अझै पनि लक्षणसहितका बिरामी रहेकाले उनीहरुको खोजी कार्य गर्ने, चेकजाँच गर्ने, जचाउन पठाउने काम भइरहेको छ । शिविर राख्दासमेत जचाउन आउने नमान्ने भएपछि जनप्रतिििनध खोजी कार्य जारी गर्ने गरेका छन् । चेकजाँच गर्न नमान्दा पोजेटिभ देखियो भनेर चिन्तित भएपनि सम्झाउने बुझाउने गरेका छन् ।
‘समुदायमा के छ अवस्था भनेर हामीले १४ वटै वडामा परीक्षण शिविर नै राखेका हौं,’ तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले भने, ‘समुदायमा कोरोना फैलिएको अवस्था अध्ययन गनेर् र नियन्त्रणका उपाय अवलम्बन गर्न पनि शिविर सहयोगी हुनेछ ।’ कोरोना जाँच गर्न नमान्ने, अटेर गनेर् र जथाभावी हिँडडुल गर्दा झन् भयावह हुने खतरा पनि रहेकेा उनले बताए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका, खाद्यान्न, तरकारी तथा दुध व्यापारी, बाहिरबाट गाउँमा भित्रिएकाको स्वाब संकलन गनेर् योजना बनाएको छ । रैनादेवी छहरा गाउँपालिकाले पनि कोरोना समुदायसम्म पुगेको जनगुनासोपछि अहिले सबै वडामा नमुना संकलन गर्न थालेको छ । बुधबारबाट अभियान थालिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । स्वास्थ्य शाखा प्रमुख जीवन रानाले विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार समुदायसम्म पुगेर स्वाब संकलन गर्न सुरु भएको बताए । ‘छहरा र भुवनपोखरीमा समुदायका मानिस मनेर् क्रम बढेको छ,’ उनले भने, ‘स्वाब संकलन गरेपछि नियन्त्रणका उपाय के गर्न सकिन्छ भन्नेतर्पm अघि बढ्न सजिलो हुनेछ ।’
रम्भा गाउँपालिकाले पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका वडा, टोलमा स्वाब संकलन अभियान थालेको छ । हुँगीमा ७८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब लिइएको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार समुदायसम्म संक्रमण बढेको छ । त्यसलाई आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाउन पनि स्वाब संकलन गरिएको छ । ‘औषधि उपचारका लागि पनि गाउँपालिकाले सहयोग गरेको छ,’ उनले भने, ‘सकेसम्म घर बाहिर ननिस्कन भनेका छौं ।’ फोक्सिङकोट, ताँहु र पिपलडाँडामा पनि संक्रमित समुदायसम्म बढेका छन् ।
पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले रिङ्नेरह, देविनगर, बीरकोट र सिलुवामा धेरै संक्रमितहरु रहेका छन् । ‘गाउँपालिकाले लक्षणसहितका कोरोना संक्रमितका लागि अक्सिजनसहित १० र थप १५ बेडको आइसोलेसन व्यवस्था गरेको छ,’ उनले भने, ‘टोलटोलमा लक्षण सहितका बिरामी छन् । अधिकांशले जाँच गनेर् र औषधी खान नमान्ने समस्या छ ।’ तिनाउ गाउँलिकाको पनि समुदायसम्म कोरोना संक्रमण फैलिएपछि समुदायमा स्वाब संकलन गरेको छ । ‘संक्रमण थप फैलिन नदिन समुदायमा पुगेर परीक्षण थालेका हौं,’ तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले भने, ‘शंकास्पद बिरामीको स्वाब संकलन गरिएको छ ।’ तिनाउका सबै वडामा २ सय ४ जनाको स्वाब संकलन गरेकामा १ सय ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको उनले बताए । ‘सबै वडामा वडाध्यक्षलाई लक्षणसहितको बिरामी खोजी गर्न लगाएका थियौं,’ उनले भने, ‘त्यसपछि स्वाब संकलन गरेको हो ।’
उनका अनुसार सबै वडामा संक्रमण फैलिएको छ । उनले कोरोना पुष्टि भएर सामान्य अवस्थाका संक्रमित लाई होम आइसोलेसनमा बस्न सुझाव दिएको बताए । स्वास्थ्यमा बढी समस्या देखिएका संक्रमित लाई दोभानमा रहेको कोरोना अस्थायी अस्पतालमा उपचार गरिएको उनले बताए ।
माथागढीले वडा वडामा पुगेर परीक्षण गनेर्, बिरामीलाई औषधि उपचारमा सहयोग गरेको गाउ“पालिका अध्यक्ष सन्तोष कुमार थापाले बताए । रामपुर नगरपालिकाले बुधबार र शनिबार निःशुल्क एन्टिजेन र पिसिआर परीक्षण सुरु गरेको छ । समुदायमा धेरैलाई देखिपछि शील गनेर्, आवातवाजावतमा रोक लगाउने, बिरामीलाई औषधि बितरण गर्ने जस्ता कार्य गदैर् आएको स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले बताए ।