पाल्पा । बैशाख १८ गतेबाट सुरू भएकाे निषेधाज्ञा यही जेठ ३१ गतेसम्म थपिएकाे छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिकाे बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेयकाे अध्यक्षतामा बसेकाे बैठककाे निर्णय अनुसार आगामि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे ।
गत चैत १७ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी भएकाे थियाे । बैठकले यस अघि सबै बन्द रहेका वाणिज्य बैँकहरू बिहान ७-१० सम्म खुलाउने निर्णय भएको छ । यस्तै कोभिड विरुद्धको खाेप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।
यसअघि जारी निषेधाज्ञालाइ केही खुकुलाे बनाइएकाे छ । यस अघि बन्द रहेकाे बैंकहरुलाइ विहान ७ बजेदेखि १० बजेसम्म खाेल्न दिइने भएकाे छ । तरकारी पसल ९ बजेसम्म खुल्नेमा १० बजेसम्म खुल्न दिने भएकाे छ ।