बगनासकालीका सबै वडामा खोपकेन्द्र 

पाल्पा । बगनासकाली गाउँपालिकाकाे सबै वडामा खाेपकेन्द्र निर्धारण भएकाे छ । जेठ २५ र २६ गते संचालन हुने कोरोना विरुद्धको खोपका लागि बगनासकाली गाउँपालिकाले सबै वडामा एकसाथ संचालन गर्ने भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

यसअघि केही वडामा मात्र खोपकेन्द्र संचालन गर्ने निर्णय भएकाे थियाे ।  ज्येष्ठ नागरिककाे भावनालाई आत्मसाथ गर्दै ९ वटै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको उनले बताए । गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीका अनुसार स्वास्थ्य  कार्यालयको व्यवस्थापनमा केही वडामा मात्र खोपकेन्द्र संचालन गर्ने भनिएकाे थियाे । बगनासकालीले आफ्नै व्यवस्थापनमा सबै वडाहरुमा खोपकेन्द्र संचालन गर्ने भएको  उनले बताए ।

“हामीले स्वास्थ्य कार्यालयलाई भनेका छौं, नागरिकहरुलाई टाढा टाढा जान दुःख हुन्छ, स्वास्थ्यकर्मी र अन्य खर्च व्यवस्थापन हामीले गछौं, सबै वडाहरुबाटै खोपकेन्द्र संचालन गर्नुपर्छ,” उनले भने, “स्वास्थ्य कार्यालयले अनुमती दिएको छ, बगनासकालीका ९ वटै वडाहरुका स्वास्थ्यचौकीहरुमा खोपकेन्द्र चल्छ । ”
केन्द्र सरकारले व्यवस्थापन गरेको कोरोना विरुद्धको खोप यहि जेठ २५ र २६ गते ६० देखी ६४ वर्ष उमेर समूहकालाई लगाइँदैछ । बगनासकाली गाउँपालिकामा ७ सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । बगनासकालीमा भाैगाेलिक अवस्था मिलेकाे छैन । स्थानीयले वडामै खाेप संचालन गर्न गरेकाे अाग्रहलाइ गाउँपालिकाले सम्बाेधन गरेकाे उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय