पत्रकार महासंघ पाल्पालाई २५ थान पल्स अक्सिमिटर

पाल्पा । पाल्पाली संगम अमेरिकाले पठाएकाे  २५ थान पल्स अक्सिमिटर नेपाल पत्रकार महासंघ पाल्पाशाखालाई हस्तान्तरण गरिएको छ ।

पल्स अक्सिमिटर स्वास्थ्य कार्यालय पाल्पाका बरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख नारायणप्रसाद चौधरीले पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानालाई हस्तान्तरण गरेका हुन् । प्रमुख चौधरीले कोरोना महामारीको समयमा सही सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्वपुर्ण भुमिका रहने बताए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले सामाजिक स्तरमा चेतना बृद्धि गर्दै कोरोना संक्रमितहरुको आत्मबल बढाउने गरि सञ्चारमाध्यमहरुले सूचना सन्देश प्रकाशन प्रसारणमा ध्यान दिनुपर्ने बताए ।

पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रानाले सहयोगी ब्यक्तिहरुप्रति धन्यवाद ब्यक्त  गरे  । पाल्पाली सञ्चार क्षेत्रले कोरोना महामारीको समयमा पनि स्थलगत रुपमा खटिएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएको उनले बताए । विभिन्न स्थानीय तह, संस्था र ब्यक्तिहरुबाट उपलब्ध स्वास्थ्य सुरक्षा सामाग्री स्थलगत रुपमा खटिएर काम गर्ने पत्रकारहरुका लागि बितरण गर्दै आएको महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

पाल्पाली संगम काठ्माण्डौका अध्यक्ष पदम न्यौपानेले पाल्पाली संगम अमेरिकाको सहयोगमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्था लगायतलाई अन्य बिभिन्न सुरक्षा सामाग्रीहरु समेत बितरण गदै आएको बताए । पत्रकारका लागि पल्स अक्सिमिटर पहलकर्ता पत्रकार माधव अर्यालले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुका लागि सहयोगी होस् भन्ने उद्देश्यले पाल्पाली संगमसित अनुरोध गरिएको बताए ।

पाल्पाली संगम अमेरिकाले पठाएकाे सामाग्रीकाे सहजिकरण पाल्पाली संगम काठमाडाैले गर्दै अाएकाे छ । सबै स्वास्थ्य चाैकीका लागि ९०, अनमी फिल्डमा खटिनेका लागि ५०, एम्बुलेन्स चालकका लागि २५, काेभिड सेन्टरका लागि १०, अत्यावश्यक ५ पल्स अक्सिमिटर पठाएकाे पाल्पाली संगमले जनाएकाे छ । गुल्काेमिटर स्वास्थ्य चाैकीका लागि ९०, काेभिड सेन्टरका लागि १० पठाइएकाे छ  । संगमले यसअघि २० वटा कन्सन्ट्रेटर पठाइसकेकाे छ ।

सम्बन्धित खवर