पाल्पामा विश्व दुध दिवसमा अवसरमा दुध बितरण

पाल्पा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको आयोजनामा विश्व दुध दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विश्व दुध दिवस मनाइएको छ ।

दुध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन भन्ने मुल नाराका साथ मनाइएको दिवस कार्यक्रम अन्तर्गत पाल्पामा विभिन्न सामाजिक संघसंस्था, अस्पतालमा दुध बितरण गरिएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण केही कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गर्दै विभिन्न अपांगता भएका, बालबालिका, आइसोलेसन, अस्पतालमा बसेका बिरामीलाई दुध बितरण गरेर मनाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा. नवीन बस्यालले बताए ।

उनका अनुसार विश्व दूध दिवसका अवसरमा तानसेन नगरक्षेत्र भित्रका सिर्जनशील अपांगता स्वावलम्बन केन्द्र काजीपौवा, नवजीवन पुर्नस्थापना सन्ढाप, अभियान नेपाल बाल सुधार गृह धुँवाघाट, पाल्पा अस्पताल, तानसेन नगरपालिकाले संचालन गरेको कोभिड आइसोलेसनमा गरेर १ सय २५ लिटर दुध बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक युवराज ज्ञवालीले बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने र निश्चित कर्मचारीको उपस्थितिमा दुध बितरण गरिएको हो । नेपालमा पनि विश्व दुध दिवसका अवसरमा जेठ १८ गतेदेखि बिभिन्न कार्यक्रम गरि मनाइँरहेका छन् ।


दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखदेखि साताव्यापी विश्व दूध दिवशको रुपमा मनाउने गरिन्छ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । यो दिवश नेपालमा मनाउन लागिएको आठौ पटक हो । दूध क्षेत्रको सम्पूर्ण शृङ्खलामा पाल्पामा पनि यतिबेला निषेधाज्ञाको प्रभाव परिरहेको छ । जसले गर्दा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक विश्वनाथ भटराईले बताए ।

सम्बन्धित खवर