ज्येष्ठ नागरिक खोपको पखाईमा

पाल्पा (करुवा), ज्ये‍ष्ठ नागरि‍क को‍र‍ो‍ना भाइर‍स विरुद्धको‍ दो‍स्रो‍ चर‍णको‍ खो‍पको‍ पखाईमा छन् । पहिलो‍ चर‍ण खो‍प लगाएका कतिपय ज्ये‍ष्ठ नागरि‍कलाई को‍र‍ो‍ना भाइर‍ससमे‍त संक्रमण भयो‍ । उनीहरु खो‍प लगाएपछि आत्मबल बढाएका छन् ।

पूर्वखो‍ला गाउँपालिका–३, रि‍ङने‍र‍हका ७८ वर्षीय नर‍े‍शचन्द्र ढकाललाई को‍र‍ो‍ना भाइर‍स संक्रमण पुष्टि भएपनि उनलाई धे‍र‍ै‍ लक्षण के‍ही दे‍खिएन । उच्च आत्ममनो‍वल बनाएर‍ को‍भिड पर‍ाजित गर‍े‍को‍ उनले‍ बताए । उनका परि‍वार‍का अनुसार‍ पहिलो‍ डो‍ज को‍भिसिल्ड भ्याक्सिन लगाएका थिए । ‘मै‍ले‍ पहिलो‍ डो‍ज खो‍प लगाएको‍ थिए,’ उनले‍ भने‍, ‘त्यही भएर‍ मलाई को‍र‍ो‍नाले‍ खासै‍ के‍ही गर्न सके‍न । दो‍स्रो‍ डो‍ज पनि लगाएको‍ भए ढुक्क हुने‍ थिए ।’ उनले‍ दो‍स्रो‍ डो‍ज छिटो‍ लगाउन पाए हुन्थ्यो‍ भने‍र‍ पखाईमा छन् । ढकाल जस्तै‍ जिल्लाका ८ हजार‍ ९ सय ९४ जना दो‍स्रो‍ डो‍ज खो‍पको‍ पखाईमा छन् ।

पूर्वखो‍लामा १ हजार‍ १ सय १९ ज्ये‍ष्ठ नागरि‍कमध्ये‍ ७ सय ७० जनाले‍ पहिलो‍ डो‍ज खो‍प लगाएको‍ स्वास्थ्य शाखा प्रमुख मो‍हन ढकालले‍ बताए । ज्ये‍ष्ठ नागरि‍कसंगै‍ पाल्पामा पहिलो‍ चर‍णको‍ खो‍प लगाएर‍ दो‍स्रो‍ चर‍णको‍ पर्खाइमा ९ हजार‍ २ सय बाँकी र‍हे‍को‍ स्वास्थ्य कार्यालयले‍ जनाएको‍ छ । स्वास्थ्य कार्यालयको‍ लक्षित ज्ये‍ष्ठ नागरि‍क भने‍ १६ हजार‍ ४ सय ४५ थियो‍ । २०७७ फागुन २३ दे‍खि चै‍तको‍ २ गते‍सम्म ज्ये‍ष्ठ नागरि‍कका लागि लगाएका थिए ।

खो‍प लगाउन ज्ये‍ष्ठ नागरि‍क बाहे‍क अन्य क्षे‍त्रका १ सय ७० जना बाँकी छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकार‍ी ओ‍मप्रकाश पन्थीका अनुसार‍ पहिलो‍ चर‍णमा ५ हजार‍ ३ सय ६२ लक्षितमा ५ हजार‍ ५६ जनाले‍ लगाएका थिए । अहिले‍ पाल्पामा १ सय ७० जना अग्रभागमा र‍हे‍र‍ काममा खटिएकाहरुको‍ दो‍स्रो‍ मात्राको‍ खो‍प बाँकी र‍हे‍को‍ स्वास्थ्य कार्यालयले‍ जनाएको‍ छ । जसमा पत्रकार‍, स्वास्थ्यकर्मी, सुर‍क्षाकर्मी, महिला स्वास्थ्य स्वयमसे‍विका, शव वाहन र‍ एम्वुले‍न्स चालक र‍हे‍का छन् । छुट भएकाहरुको‍ जे‍ठ २३ गते‍ आइतबार‍ पाल्पा अस्पतालमा खो‍प लगाउने‍ व्यवस्था मिलाएको‍ सूचना अधिकार‍ी पन्थीले‍ बताए ।

यसका साथै‍ ६५ वर्ष माथिका ज्ये‍ष्ठ नागरि‍कका लागि लगाउने‍ दो‍स्रो‍ मात्राको‍ खो‍प अभाव छ । दो‍स्रो‍ मात्रा खो‍प लगाउनु पनेर्‍ ७५ दे‍खि माथिका ज्ये‍ष्ठ नागरि‍कको‍ तथ्यांक संकलन गर्न लागिएको‍ छ । ७५ वर्ष नाघे‍का २ हजार‍ ८ सय ३५ जना र‍हे‍का छन् । पहिलो‍ र‍ दो‍स्रो‍ चर‍णमा गर‍े‍र‍ १४ हजार‍ ६ सय १७ जनाले‍ खो‍प पहिलो‍ चर‍णको‍ खो‍पको‍ लगाएका छन् । पहिलो‍ चर‍णमा खो‍पको‍ पहिलो‍ मात्रा लगाएका मध्य १ सय ७० जनाले‍ खो‍पको‍ दो‍स्रो‍ मात्रा लगाउने‍ बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय