पाल्पा,तानसेन नगरपालिकाले तानसेन ५ शिवपोखरीका २१ घरमा बाख्रा वितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा युवा स्वरोजगार कार्यक्रमबाट बाख्रा वितरण गरिएको हो ।
कोभिड १९ को कहरमा उच्च स्वास्थ्य सतर्कता अपनाएर घरटोलमै पुगेर नागरिकलाई बाख्राका पाठी वितरण गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । उनले पशुपालनबाट महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन विउका रुपामा बाख्रा वितरण गरिएको बताए । नगर प्रमुख शाहीले प्राप्त गरेको विउ बाख्राले व्यवसायीक रुपमा पशुपालन गर्न उत्साह थप्ने विश्वास व्यक्त समेत गरे ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले सधै दंलोे कुचोमा सिमित महिलालाई आर्थिक आयआर्जनको बाटो देखाउन बाख्रा वितरण गरिएको बताइन् । उनले नगरपालिकाले सवै क्षेत्रमा रहेका महिलाको आर्थिक,सामाजिक विकासका लागि मागमा आधारित कार्यक्रम संचालन गरेको समेत बताइन् । बाख्रापालनका लागि आबश्यक पर्ने प्राविधिक र औषधी सहयोग नगरपालिकाले उपलव्ध गराउने भन्दै बाख्रापालनबाट लाभ लिन उनले आग्रह गरिन् ।
मुख्यमन्त्री ग्रामिण विकास तथा युवा स्वरोजगार कार्यक्रम अन्तरगत यस वडामा २८ घरलाई २ वटा पाठी वितराण गर्ने योजना अनुसार पहिलो चरणमा २१ घरलाई ४२ वटा बाख्रा वितरण गरिएको निर्देशक समितिका सदस्य गुराँस आत्रेयले बताए । उनका अनुसार बाकी ७ घरलाई केहि दिनमै बाख्रा उपलव्ध गराउने बर्ता ।
निर्देशक समिति सदस्य आत्रेयले १० घरका लागि खोर निर्माणको कार्यक्रम समेत शिवपोखरीमा चलेको बताए । खोर निर्माण गर्नका लागि दश हजार नगरपालिकाले दिने छ । यसका साथै बाख्राका लागि आबश्यक घाँसको विउ र अन्य सहयोग नगरपालिकाबाट लिन सकिने वडाध्यक्ष रामबहादुर रावलले बताए । यस अघि पनि किसानको मागको आधारमा वडावासीलाई विउविजन वितरण गरिएको वडाध्यक्ष रावलले बताए ।
नगरपालिकाले आम नागरिकको आर्थिक सम्वृद्धिका लागि विभिन्न आर्थिक आर्यआर्जन सहित क्षमता विकासका कार्यक्रम संचालन गरेको कार्यपालिका सदस्य दिपक विश्वकर्माले बताए । स्थानीय सरकारबाट पाएको सेवा सुविधा इमानदारीता पूर्वक लिएर फाइदा लिन उनले आग्रह गरे ।