पाल्पा । तीन दिनदेखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार बिहानै देखि अवरुद्ध भएको छ । पहाडबाट तराइ झर्ने राजमार्ग अन्तगर्तकाे तानसेन–बुटवल सडकखण्ड तिनाउ गाउँपालिका–३, सिसुवा नजिकै ठूलो पहिरो खसेकाे हाे । बिहानैदेखि सडक अवरुद्ध भएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सोमबहादुर सारुले बताए ।राजमार्गको सिसुवामा माथिल्लो जंगल क्षेत्रबाट खसेको ठूलो पहिरो हटाउन अझै कम्तीमा तीन घण्टा लाग्ने उनले बताए । ठूला–ठूला ढुंगा खसेको र सामान्य डोजरले फाल्न नसकेकाले ब्रेकर मगाइएको छ । ब्रेकर आएपछि पनि ढुंगा फोरेर पहिरो पन्छाउन कम्तीमा तीन घण्टा लाग्ने सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बताए । सिसुवामा सोही स्थानमा यसअघि गत असोजमा पनि पहिरो खसेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer