पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरेकाे छ । शनिबारसम्म जारी निषेधाज्ञा नाै दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्म थप गरिएकाे प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेकाे उनले बताए ।
निषेधाज्ञामा सबै खालका व्यापार व्यवसाय बन्द रहने छ । सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, शैक्षिक संस्था बन्द रहने प्रशासनले जारी गरेकाे विज्ञप्तिमा छ । खाध्यान्न, तरकारी पसल बिहान दिनको एक पटक ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने छ । औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने भएका हुन् ।
कसैले याे अादेशकाे उल्लंघन गरेमा काेभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ काे दफा १९, २१ र २२ तथा स्थानीय प्रशासन एेन २०२८ बमाेजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
कसैले याे अध्यादेश बमाेजिमकाे कुनै काम गर्न वाधा अवराेध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रूपैयाँसम्म जिरवाना वा दुबै सजाय हुनेछ । मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ । दिइएकाे अादेश पालना नगर्ने व्यक्ति भएमा एक लाख रूपैयाँसम्म र संस्था भए पाँच लाख रूपैयाँसम्म तत्काल जरिवाना हुनेछ ।
यसअवधिमा मास्क नलगाइ सार्वजनिक स्थलमा अावतजावत गरेमा पटकैपिच्छे सय रूपैयाँ जरिवार हुनेछ । मानिसकाे अावतजावत राेक लगाएका बेलामा भए दुइ सय रूपैयाँ र दुइ पांग्रे सवारी साधन भए पटकै पिच्छे २ हजार र चार पांग्रे भए ५ हजार रूपैयाँ सुरक्षाकर्मीले जरिवाना गर्न सक्नेछन ।