
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले छाेरीलाइ जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका अन्तरगत ३१ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । कुन गाउँका हुन् भन्ने प्रहरीले खुलाएकाे छैन ।
बाबुले आफ्नै ८ वर्षीय छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिएका हुन् । बुधबार छोरीलाई आफ्नै घरमा जवरजस्ती करणी गरेको जाहेरी दरखास्त प्राप्त भएपछि पक्राउ गरिएको हाे । अदालतबाट म्याद थप गरी जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी भएको सूचना अधिकारी त्वातीले जानकारी दिए ।