पाल्पा । निषेधाज्ञाको समयमा नगरभित्रका कोहि नागरिक भोकै बस्नु नपर्ने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताएका छन् । उनले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण दैनिक उपभोग गर्ने वस्तुको अभावमा कोहि नागरिक भोकै बस्नु नपर्ने बताएका हुन् ।
तानसेनमा पत्रकारहरुसंगको संक्षिप्त भेटमा उनले त्यस्ता नागरिकलाई नगरपालिकाले खाद्यान्न सहयोग गर्ने बताए । गत बैशख १७ गते देखी निषेधाज्ञा जारी छ । दैनिक रुपमा नगरपालिका भित्र कोरोना संक्रमणको दर बढ्दो छ । संक्रमण रोकथामका लागि भएको निषेधाज्ञाले गर्दा दैनिक ज्याला मजदुर गरी पेट पाल्ने परिवारलाई समस्या हुनसक्ने भन्दै नगरपालिकाले राहतको प्याकेज बनाएको नगर प्रमुख शाहीले बताए । उनले कोरोना भाइरस संक्रमणको पहिलो चरणमा आत्तिएर छिटो नागरिकलाई खाद्यान्न राहत वितरण गर्दा समस्या आएको बताए ।
नगर प्रमुख शाहीले पहिलो वर्ष वितरण गरेको राहतबाट सिकेर यसवर्ष वास्तविक प्रभावित नगरवासीलाई राहत उपलव्ध गराउने बताए । खाद्यान्न अभाव नागरिकले वडाका जनप्रतिनिधिसंग सम्प्रर्क राख्न प्रवक्ता दामोदर प्रसाद घिमिरे आग्रह गरेका छन् । माग भएपछि जनप्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरुको स्थालगत बस्तुस्थिती अवलोकन गरी तत्काल राहत उपलव्ध गराउन सकिने उनले बताए ।
पहिलो लहरमा राहत वितरणगर्दा आवश्यक नभएका नागरिक समेत नाम लेखाउन अगाडि सरेर खाद्यान्न राहत लिदाँ बेथिती भएको उनले बताए । यसपटर्क व्यवस्थित रुपमा राहत वितरणको तयारी गरेको नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले बताए । अहिलेसम्म नगरभित्र कसैले पनि खाद्यान्न अभाव भएका कारण जीवन कष्टकर भएको भन्ने सूचना र माग नभएको उनले बताए । अभावमा दैनिकी गुजारा गर्न पर्ने व्यक्ति वा परिवार नगरपालिका र सम्बन्धित वडामा रहेका जनप्रतिनिधिसंग सम्पर्क गर्न उनले आग्रह गरे ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer