बालमनोविज्ञानमा असर पर्ने गतिविधि नगर्न नगरप्रमुख शाहीको आग्रह

पाल्पा । तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले बालमनोविज्ञानमा असर पर्ने गतिविधिलाई प्रसय नदिन आग्रह गरेका छन् । निषेधाज्ञाका समयमा सामाजिक सञ्जाल र पारिवारिक वातावरण कोरोना कहरका कारण बालमैत्री बन्न नसकेकाले उनले यस्तो आग्रह गरेका हुन् ।
कोभिड १९ महामारीका समयमा घर भित्र बस्न बाध्य बालवालिकाको आत्मबल र उत्साह थप्ने सामाग्री प्रकाशन प्रशारणका लागि उनले पत्रकारसंगको संक्षित भेटमा बताए । कोेरोना कहरका कारण बालबालिका आफ्नो इच्छा र चाहना अनुसारका गतिविधिमा सहभागी हुन पाएका छैनन् । ‘अध्ययनको लागि विद्यालयहरु बन्द छन्,’ उनले भने, ‘सकारात्मक सोँचका साथ हुकिर्दे गरेका बालबालिकालाई आवश्यक वातावरण तयारमा कोरोना महामारीका कारण ध्यान पुग्न सकेको छैन ।’ मानसिक असर नहुने गरी सिर्जनात्मक कार्य गर्न घरमै उत्प्रेणा दिन अभिभावक सचेत हुनुपर्ने नगरप्रमुख शाहीले बताए ।
कोभिड १९ को तेस्रो लहर बाबबालिका लक्षित रहन सक्ने सामाजिक सञ्जालको अफहवाले थप मनोसामजिक असर पर्ने देखिएको उनले बताए । यसका बारेमा बालवालिकालाई आवश्यक परामर्श आवश्यक हुने तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराइले बताए । तानसेन नगरपालिका भित्र एक वर्षदेखि १८ वर्षसम्मका ३८ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जना पुरुष र १५ जना महिला रहेको स्वास्थय शाखाले जनाएको छ ।
कोरोनासंँग मिल्दोजुल्दो लक्षण भएका बालवालिका अहिले पनि २ सय ५० बढी रहेको नगरपालिकाका प्रवक्ता दामोदर प्रासद घिमिरेले बताए । कोरोना प्रभावितका लागि तानसेन नगरपालिकासंग सहयोगी निकायबाट आएको ४० लाख बजेट छ । २ कारोड १० लाख रुपैयाँ पोष्ट कोभिड कार्यक्रमका लागि चालु आर्थिक वर्षमा बजेट रहेको सूचना अधिकारी दुर्गाबहादुर थापाले बताए । उनका अनुसार कोरोनाबाट प्रभावित बालवालिका साथै अन्य व्यक्तिको समेत लगत संकलन गरि आवश्यक योजना सहित राहत प्याकेज संचालन गर्ने उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय