
पाल्पा (करुवा)। तानसेन नगरपालिका–७, काजीपौवाका ५९ वर्षीय श्रीमती र ६६ वर्षीय श्रीमान्को सात दिनको फरकमा मृत्यु भयो । केही दिन बिरामी परेपछि आरटीपिसिआर गर्दा पोजेटिभ देखिएपछि ५९ वर्षीया महिला होम आइसोलेसनमै थिइन् । उनलाई अक्सिजन
आवश्यकता भएर घरमै लगाए । अस्पतालहरुमा बेड खोजे तर पाएनन् । केही दिनमै ६६ वर्षीय श्रीमान् पनि पोजेटिभ भए । उनलाई पनि ज्वरो आउने, खोकी लाग्ने समस्याले पीडित थिए । उनको शनिबार मृत्यु भयो ।
माथागढी गाउँपालिका–२, रुप्सेमा पनि एकाघरमा जेठाजु बुहारीको केही दिनको अन्तरमा मृत्यु भयो । घरमा अन्य परिवारसमेत संक्रमित छन् । लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका कालीगण्डकी गाउँपालिका–५, गुल्मीका एकाघरका चार जना पोजेटिभ छन् । एक जनाको मृत्यु भयो । थप दुई जनाको उपचार भइरहेको छ । घरमा रहेका एक ७ वर्षीय बालकसमेत संक्रमित छन् । तिनाउ, झुम्सास्थित सिर्जना निमाविका प्रधानाध्यापक ५३ वर्षीय श्रीभद्र गौतमलाई बुटबल–९ मिलनचोकस्थित घर आउँदा ज्वरो र रुघा लागेको थियो । मौसमी रुघा ठानेर एक सातासम्म घरमै बसे । भाइले स्वाब परीक्षण गर्न सल्लाह दिए पनि मानेन् । गत वैशाख २१ मा श्वासप्रश्वासमा समस्या आयो । ‘हामीले अस्पताल जाउँ भन्दा आज सुत्छु, अकोर् दिन जाम्ला भन्नुभो,’ भाइ प्रदीपले भने । अकोर् दिन अस्पताल पु¥याइएका उनलाई बेड नपाएर घर फर्काउनुप¥यो ।
घरमै चिकित्सक र नर्स बोलाइयो । ‘फोक्सोमा खराबी देखिएको भन्दै डाक्टरले भर्ना गर्नुपनेर् सुझाव दिए,’ प्रदीपले भने, ‘त्यतिन्जेल भाउजूलाई पनि अप्ठ्यारो भइसकेको थियो ।’ स्वास्थ्यकर्मी दुवैको स्वाब लिएर फर्किए । श्रीभद्र भाइ र छोरीसँग गफ गदैर् थिए । वैशाख २३ मा उनलको निधन भयो । उनलाई मृत्युको अघिल्लो साँझ कोरोना संक्रमण पुष्टी भएको थियो । भाउजू लक्ष्मीको स्वास्थ्य गम्भीर बन्दै गएको प्रदीपले बताए । चिकित्सकले मधुमेहले किड्नी मा असर गरेको र उपचारका लागि अन्यत्र लैजान सुझाए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि मुटु अस्पतालमा सारियो तर गत बिहीबार लक्ष्मीको पनि मृत्यु भयो । १४ दिन अन्तरमा बाबुआमाको मृत्यु भएपछि छोरीहरू अझै सम्हालिएका छैनन् । ७८ वर्षीया हजुरआमाको भरमा छन् । दुई छोरी, भाइ÷बुहारी गरी परिवारका ११ जना संक्रमित छन् ।
जिल्लाको अधिकांश गाउँ, सहर, टोल बस्तीमा एकाघरमा सबैलाई संक्रमण हुने र मृत्यु हुने क्रम झन् बढ्दो छ । ‘मुख्य कुरा घरमा सावधानी नअपनाउने र सामान्य रुघाखोकी लाग्दा पिसिआर, एन्टिजेन जाँच नगराउँदा यस्तो बढेको छ,’ तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले भने, ‘तानसेन नगरपालिकाले संचालन गरेको आइसोलेसनमा पनि त्यस्ता बिरामी आएका छन् ।’ कोरोना भाइरस संक्रमण भएर होम आइसोलेनमा बस्नेले सावधानी नपअपनाउँदा एकाघरका संक्रमण र मृत्युदर बढ्दो छ । कतिपयले बिरामी भएर मेडिकलबाट औषधि ल्याएर खाने र सिकिस्त भएपछि मात्र अस्पताल धाउने गर्दा झन् समस्या भएको छ । समयमा आरटिपिसिआर, एन्टिजेन जा“च नगर्दा पनि थप समस्या भएको लुम्बिनी मेडिकल कलेजका फिजिसियन डा. तिलचन पाण्डेयले बताए । ‘अधिकांशको लापरवाही नै हो,’ उनले भने, ‘सावधानी अपनाउनुपर्छ भन्ने ज्ञान नहुने र कोही कसैले सिकाउन पनि नजा“दा थप समस्या भएको छ ।’ सामान्य ज्वरो, रुघाखोकी लाग्दा औषधी मगाएर खाने र सिकिस्त भएपछि मात्र अस्पताल आउने गरेको उनले बताए । गुल्मी, स्याङजाबाट पनि एकै घरका बिरामी भएर आउने क्रम बढेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । डा.पाण्डेका अनुसार अचानक बिरामी हुने क्रम अझ बढेको छ । दा“या मुटुबाट रगत शुद्ध गर्न फोक्सोमा जानुपर्छ । रगत जाने क्रममा भाइरसका कारण रगत जाम हुने, डल्लापनेर् र भाइरसले निकाल्ने केमिकलले गर्दा श्वासप्रश्वासमा समस्या हुने डा.पाण्डेयले बताए । ‘एकै घरमा पनि एकअकोर्लाई पोजेटिभ छ भन्ने जानकारी हु“दैन,’ उनले भने ‘गम्भिर भएपछि मात्र अस्ताल आउ“दा एकै घरमा बढी देखिने गरेको छ ।’
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले पनि होम आइसोलेसनमा बस्दाको लापरवाहीका कारण संक्रमण र मृत्यु हुने क्रम बढेको छ । जसका कारण भाइरस सनेर् क्रम बढेको छ । ‘खुल्ला भेन्टिलेसन भएको स्थानमा बस्नुपर्छ भन्नेसमेत जानकारी छैन,’ उनले भने, ‘त्यसैले पनि मृत्यु र संक्रमण बढेको छ ।’ एउटै परिवारभित्र सामान्य बिरामी हु“दा देखि नै सावधानी अपनाउने हो भने पक्कै सनेर् थिएन । तर जा“च गनेर् पहु“च नै हु“दैन । जसले गर्दा सनेर् दर पनि बढेको छ । पछिल्लो समयमा एकाघरमा धेरैलाई संक्रमण पुष्छि भएको पनि उनले बताए । ‘एउटै घरका बिरामी हुने मात्र होइन, छिटो निमोनिया हुने क्रम पनि बढेको छ,’ उनले भने, ‘बिरामी सिकिस्त नहु“दै हर्ट एट्याक भएर पनि मृत्यु हुने क्रम बढेको छ ।’ अस्पताल दौडाउ“दा दौडाउ“दै, बेड खोज्दा खोज्दै मृत्यु हुने अवस्था रहेको सूचना अधिकारी पन्थीले बताए ।