पाल्पा,लुम्बिनी प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले कोरोना भाइरस संक्रमण रोकथामका लागि तीन तहका सरकारी समयन्त्र लागि परेको बताएका छन् । उनले सरकार नागरिको स्वास्थ्य प्रति संवेदनशील रहेकोले सरकार एक्लैले संक्रमण रोक्न नसक्ने बताउदै सवैको सामुहिक प्रयासबाट संक्रम नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
नेपका एमाले पाल्पाका अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य आचार्य तानसेन नगरपालिकाले पाल्पा अस्पताल संगको समन्वयमा संचालन गरेको पिसिआर परीक्षणका लागि स्वाव संकलन शिविरको अनुगमनका क्रममा बोल्दै स्थानीय सरकारले नागरिकको स्वास्थ्य प्रतिको चिन्ताका कारण परीक्षणलाई तिव्रता दिएको बताए । उनले संक्रमण पुष्टि भएमा इमान्दारीताका साथ स्वास्थ्य मापदण्ड अपनाई आइसोलेसनमा बसेर नगरपालिकालाई सहयोग गर्न आग्रह समेत गरे ।
पछिल्लो समयमा स्वाव दिएर समुदायको सम्पर्कमा पुग्ने पछि परीक्षणको नजिता पोजेटिभ आउँदा समुदायमा संक्रमण तिव्र रुपमा फैलिएको अबस्था छ । यसको रोकथामका लागि संकास्पद संक्रमित सुरक्षित रहदाँ आफु सहित परिवार र समुदाय सुरक्षित हुने प्रदेश सभा सदस्य आचार्यको भनाई छ ।
तानसेनमा कोरोना संक्रमणको अवस्था पहिचानका लागि वडा वडामा पिसिआर परीक्षण शिविर संचालन गरिएको नगर प्रमुख अशोककुमार शाहीले बताए । उनले नागरिकको स्वास्थ्य मुख्य प्राथमिकता भएकोले संक्रमितको पहिचान र उपचारकामा नगरपालिका लागि परेको बताए ।
आइतवार देखी सुरु भएको वडास्तरीय पिसिआर परीक्षण शिविरमा अहिले सम्म एक सय ८१ जनाको स्वाव संकलन गरिएको प्रेस सल्लाहकार गोविन्द भट्राईले बताए । उनका अनुसार ८० जनाको रिपोर्ट आइसकेकोमा १४ जना पोजेटिभ आएको बताए । यो नतिजालाई आधार मान्दा नगरक्षेत्रको संक्रमणको दर घटदो क्रममा रहेको उपप्रमुख लक्ष्मी देवी पाठकले बताइन् ।
अहिले सम्म तानसेन टंडिखेलमा ३० जना ,तानसेन १४ अर्गली मा ५० जना ,तानसेन ७ कुसुमडाँडा ७४ जना र तानसेन ५ को सेतिपोखरीमा २७ जनाको स्वाव संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।